राजदूत राणालाई जापानमा नेपालीको सम्मान, लामो समयपछि अभिभावक पाएकोमा खुसी
जापान, ६ असार । जापानका लागि नवनियुक्त नेपाली राजदूत प्रतिभा राणालाई नेपालीले सम्मान गरेका छन् । जापानमा क्रियाशील दर्जनभन्दा बढी सङ्घसंस्थाले राजदूत राणालाई सम्मान गरेका हुन् । राजदूत अभावमा लामो समयदेखि कार्यवाहक राजदूतले सम्हाल्दै आएको कार्यभार महिला प्रतिनिधि भएर पनि राजदूत भएर आएकोमा टोकियोमा सम्मान गरिएको हो।
गैरआवासीय नेपाली सङ्घ जापानको आयोजनामा सक्रिय दर्जन बढी सङ्घसंस्थाका प्रतिनिधिले राजदूत राणालाई दोसल्ला ओढाएर सम्मान गरेका थिए। टोकियो महानगरपालिकाको सिंजुकु सहरको प्रिन्स होटलमा आयोजित सम्मान कार्यक्रममा चार दर्जनभन्दा बढीले प्रत्यक्ष सहभागिता जनाएर जापानका लागि महिला अभिभावक पाएकोमा खुसी व्यक्त गरेका थिए।
उनीहरुले विगतमा कार्यवाहक राजदूतले गरेका राम्रा कामको अनुशरण र नयाँ काम छिटोछरितो तथा नेपाल–जापान सम्बन्ध अझ नजिक बनाउन सुझाव पनि दिएका छन्। कार्यक्रममा जापानस्थित विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिले केही नेपालीका गलत गतिविधिका कारण अन्य नेपालीलाई समस्या भएको भन्दै सम्बन्ध सुधारमा लागेर देखाउन आग्रह गरेका थिए।
सम्मानपछि राजदूत राणाले सबै नेपालीको एकता देखेर आफूलाई खुसी लागेको भन्दै भोलिका दिनमा सधैँ नेपाल र नेपालीको पक्षमा काम गर्ने बताएकी छन्। उनले सम्बन्ध सुधारमार्फत प्रविधिको विकासका लागि उच्चस्तरीय भ्रमण गराउने योजना रहेको भन्दै जापान सरकार र नेपाल सरकारबीच उच्चस्तरको भ्रमण गराएरै छाड्ने प्रतिबद्धता व्यक्त समेत गरिन। लगातार कार्यवाहक राजदूतले सम्हाल्दै आएको कार्यभार राजदूत राणा एकमहिना अघि जापान आएर सम्हाल्दै आएकी छन्।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












