शूदुरपश्चिमका सिडिओहरुलाई विप्लवको डर, मागे रक्सी बिक्री बन्द गर्ने आदेश !
धनगढी, ७ असार । शूदुरपश्चिमभरका प्रमुख जिल्ला अधिकारीहरुलाई समेत विप्लव माओवादीको डर देखिएको छ । विप्लव माओवादी असार १४ मा हुने दोस्रो चरणको चुनावमा सुरक्षा चुनौतीका रुपमा देखिएको छ । प्रमुख जिल्ला अधिकारीहरुलाई विप्लव माओवादीले चुनाव विरोधी गतिविधि गरिरहेकोले सुरक्षा चुनौती बढेको बताएका छन् ।
चुनावको सुरक्षा चुनौती विषयमा मंगलबार धनगढीमा आयोजित गोष्ठिमा शुपका सिडिओहरुले गृहमन्त्री समक्ष यस्तो ब्रिफिङ गरेका हुन् । गृहमन्त्री जनादर्न शर्मा, गृहसचिव लोकदर्शन रेग्मी लगायतका अधिकारीहरु समक्ष प्रमुख जिल्ला अधिकारीहरुले सुरक्षा चुनौतीबारे ब्रिफिङ गरेका छन् ।
‘निर्वाचनको पुर्वसन्ध्यामा मदिराको कारण विवाद र झगडा हुने गरेको छ, उम्मेद्वारहरुले युवालाई मदिरा खुवाउँछन अनि त्यहीँ कारण विवाद हुन्छ, जसलाई हामीले सुरक्षा चुनौतीको रुपमा लिएका छौं’ मंगलबार धनगढीमा आयोजित सुरक्षा गोष्ठीमा बाजुराका सहायक प्रमुख जिल्ला अधिकारीले गृहमन्त्रीलाई ब्रिफिङ गर्दै भने, ‘हजुर, चुनावभर मदिरा नियन्त्रण गर्ने आदेश पाउँ ।’
बाजुरामा मात्रै हैन, सुदुरपश्चिममाञ्चल क्षेत्रका अन्य केही जिल्लाका प्रमुख जिल्ला अधिकारीले चुनावको पुर्वसन्ध्यामा अत्याधिक खपत हुने गरेको मदिरालाई पनि सुरक्षा चुनौतीको रुपमा ब्याख्या गरेका छन् । मदिरालाई सुरक्षा चुनौतीको रुपमा ब्याख्या गर्दै कंचनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले भने, ‘सुरक्षाका कारण असार ८ गतेदेखी हामीले मदिरा विक्री वितरणमा रोक लगाएका छौं ।’
सुदुरपश्चिमाञ्चलका ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र क्षेत्रीय प्रशासकले मंगलबार गृहमन्त्री, गृह–सचिव, निर्वाचन आयोगका आयुक्त, तथा सुरक्षा निकायका प्रमुखलाई दोस्रो चरणको निर्वाचनमा देखिएका सुरक्षा चुनौती र आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन् । धनगढीमा आयोजित क्षेत्रिय सुरक्षा गाष्ठीमा अधिकांश प्रमुख जिल्ला अधिकारीले विप्लव नेतृत्वको नेकपा, राष्ट्रिय जनता पार्टी, आरक्षण पीडित र सुकुम्बासीले समेत निर्वाचन विथोल्न प्रयत्न गर्ने बताए ।
‘विप्लवका मान्छे कंचनपुरको केही क्षेत्रमा छन्, मधेशबादी र विखण्डनकारी तथा आरक्षणपीडित र सुकुम्बासीले पनि निर्वाचनमा समस्या पार्नसक्ने देखिन्छ’ कंचनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले भने, ‘थरुहट तराई पार्टीलाई पनि हामीले सुरक्षा चुनौतीका रुपमा लिएका छौं, जिल्लाको दक्षिणी क्षेत्रमा थरुहटको प्रभाव रहेको छ ।’
भौगोलिक विकटताको कारण सुरक्षा चुनौती हुनसक्ने औंल्याउँदै कैलालीलका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले मतदातालाई सरकारले गाडीमा भोट हाल्न जाने ब्यवस्था गर्न प्रस्ताव गरेका छन् । ‘६ ओटा मतदान केन्द्रमा भोट हाल्नका लागि ६ घण्टा पैदल हिँडेर जानुपर्ने अवस्था छ, मतदातालाई गाडीबाट लाने ल्याउने गर्ने कि ?’ प्रजिअ रिजालले भने, ‘थरुहट थारुवान र अखण्ड सुदुरपश्चिम पक्षधर समुहको अवशेस केही बाँकी छ, उनीहरु अहिले जुर्मुराउन थालेका छन् ।
प्रधानमन्त्रीको जिल्लामा विप्लवको डर
प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेधुराका प्रमुख जिल्ला अधिकारी जनक भट्टले विप्लव माओवादीले निर्वाचन विथोल्न सक्ने बताएका छन् । ‘डडेलधुरामा विप्लवको उपस्थिती देखिएको छ’ प्रजिअ भट्टले भने, ‘विप्लवका कार्यकर्ताको डाटा लिएर निगरानी गरिरहेका छौं ।’ निर्वाचन अवधिमा डडेलधुरामा विप्लवले भूमिगत गतिविधी गरेर निर्वाचन विथोल्न सक्ने भन्दै उच्च निगरानी गरिएको प्रजिअ भट्टले बताएका छन् ।
डडेलधुरा मात्रै नभएर सुदुरपश्चिमका अधिकांश जिल्लाका प्रजिअहरुले विप्लव पार्टीलार्ई मुख्य सुरक्षा चुनौतीको रुपमा औंल्याएका छन् । बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी लगायतका प्रमुख जिल्ला अधिकारीहरुले विप्लव माओवादी, मदिरा, भौगोलिक विकटता लगायतका विषयमा ब्रिफिङ गरेका थिए । प्रमुख जिल्ला अधिकारीहरुको सुरक्षा अवस्थाबारेको रिपोर्टिङ सुनेपछि गृह–सचिव लोकदर्शन रेग्मीले आवश्यक साधन स्रोतको ब्यवस्थापन परिपुर्ति गरिने जानकारी दिँदै रात–दिन नभनिकन निर्वाचनमा खट्न निर्देशन दिए ।
गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले फिल्डमा खटिएका सुरक्षाकर्मीको मनोवल उच्च राखेर मुख्य योजनानामा सतर्क हुन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिए । जनताले निर्वाचन चाहेको हुनाले प्रमुख जिल्ला अधिकारीहरुले ब्याख्या गरेको सुरक्षा चुनौती सामना गर्न गाह्रो नहुने उल्लेख गर्दै गृहमन्त्री शर्माले भने, ‘दलहरुवीचको प्रतिस्पर्धालाई सहजिकरण गर्ने काम प्रशासक र सुरक्षकर्मीको हो, त्यसैले निर्वाचनमा पक्षधरता नदेखाउनोस् ।’
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












