अमेरिकी जासुस विमान र रुसी लडाकु विमानबीच आकाश मै तनाव
काठमाडौं, ८ असार । रुसी लडाकु विमान र अमेरिकी जासुस विमानबीच आकाशमै तनाव भएको छ । अमेरिकी अधिकारीहरुका अनुसार रुसी लडाकु विमानले बाल्टिक क्षेत्रमा अमेरिकी जासुस विमानको निकै नजिकबाट उडान भरेको आरोप लगाएका छन् । रुसी लडाकु विमान अमेरिकी विमान ‘आरसी–१३५’ बाट पाँच फिटको दुरीमा उडेको थियो । आकाशमा यसरी विमानहरु नजिक आउनु निकै खतरनाक मानिन्छ ।
रुसले भने अमेरिकी विमानले भड्काउपूर्ण गतिविधि गरेका कारण रुसी लडाकु विमानले उसलाई लखेटेको जनाएको छ । यसैबीच रुसी मिडियाका अनुसार रुसका रक्षामन्त्री सवार एउटा विमान नजिकै नेटो गठबन्धनको लडाकु विमान आएको थियो । इतरतास समाचार एजेन्सीका अनुसार अमेरिकी एफ–१६ लडाकु विमानलाई रुसी एसयु–२७ लडाकु विमानले लखेटेको थियो ।
रुसी विदेशमन्त्री सवार विमान अन्तर्राष्ट्रिय मार्गमा उडान भरिरहेको समयमा अमेरिकी लडाकु विमानले नजिकैबाट उडान भरेको थियो । अमेरिकी लडाकु विमानलाई रुसी लडाकु विमानले लखेटेको बताइए पनि यसबारे विस्तृत विवरण खुलाइएको छैन । अमेरिकी नेतृत्वको गठबन्धनले सिरियाली लडाकु विमान र ड्रोनलाई पछिल्लो समयमा खसालेपछि रुस र अमेरिकाबीच तनाव बढेको हो ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











