रुखमा भोट माग्दै, संघीय समाजवादी, नयाँ शक्ति र माओवादी केन्द्रका उम्मेदवार
खोटाङ, ८ असार । स्थानीय तहको निर्वाचनका लागि खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा सङ्घीय समाजवादी फोरम र नयाँ शक्तिको संयुक्त मोर्चाबाट गजेन्द्र राई वडा सदस्यमा लड्दैछन् । यही असार १४ गतेको निर्वाचनमा गजेन्द्रले आफ्नो पार्टीको चिन्ह हातले समाएको मसालबाट लड्नुपर्ने हो तर उनी नेपाली काँग्रेसको चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका छन् ।
अहिले चुनावी घरदैलोमा व्यस्त गजेन्द्रले हातले समातेको मसालमा भोट मागिरहेका छैनन्, काँग्रेसको चुनाव चिह्न रूख देखाएर आफ्ना लागि भोट मागिरहेका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट सोही वडाको सदस्यमा उठेकी क्रान्ति श्रेष्ठ र जयन्ती दर्जी पनि काँग्रेसकै चुनाव चिह्न देखाएर आफ्नो लागि भोट मागिरहेका छन् ।
रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा काँग्रेस, माओवादी केन्द्र, सङ्घीय समाजवादी र नयाँ शक्तिले चुनावी तालमेल गरेका छन् । निर्वाचनमा गरिएको चुनावी तालमेलका कारण उनीहरु एउटा पार्टीका भए पनि अर्को पार्टीको चुनाव चिह्न लिएर चुनावमा होमिएका हुन् ।
चार पार्टी बीचको तालमेलपछि उनीहरुले काँग्रेसका गोपालसिं राईलाई वडाध्यक्षको साझा उम्मेदवार बनाएका छन् । पहिलो चरणको निर्वाचनमा चुनावी तालमेल गरेपनि कतिपय ठाउँमा आ–आफ्नै चुनाव चिह्नबाट लड्दा मत बिग्रेको र हार बेहोर्नु परेको देखिएकाले एउटै चुनाव चिह्नबाट लड्ने निर्णय गरिएको गजेन्द्रले बताए ।
तालमेलका क्रममा काँग्रेसलाई वडाध्यक्ष र एक सदस्य, सङ्घीय समाजवादी फोरम र नयाँ शक्तिको संयुक्त मोर्चालाई एक सदस्य तथा माओवादी केन्द्रलाई दुई सदस्य बाँडिएको छ । सो वडामा एमालेका लीला चौहान एक्लै तालमेलको सामना गर्दैछन् ।
यस्तै, रुपाकोट मझुवागढी नगरपालिका–७ मा पनि सङ्घीय समाजवादी फोरमले माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लड्दैछन् । चुनावी तालमेलका क्रममा माओवादी केन्द्रका हरिप्रसाद चौलागार्इंलाई वडाध्यक्ष र कृष्ण थापालाई सदस्य, सङ्घीय समाजवादी फोरमका तर्फबाट टीकाराम राई, इन्द्रकुमारी राई र सोमायाँ सुनारलाई वडा सदस्यको उम्मेदवार बनाइएको छ ।
उक्त वडामा काँग्रेसले महन्त राई र एमालेले दिलचक्र राईलाई वडाध्यक्षमा उठाएको छ । काँग्रेस र एमाले भने एक्ला–एक्लै चुनावी मैदानमा उत्रिएका छन् । रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा माओवादी केन्द्र र सङ्घीय समाजवादी फोरमबीच चुनावी तालमेल भए पनि आ–आफ्नै चुनाव चिह्नबाट लड्दैछन् । पाथेकामा चार सदस्य माओवादी केन्द्रलाई दिएर अध्यक्ष लिएर तालमेल गरिएको सङ्घीय समाजवादी फोरम खोटाङका अध्यक्ष नवीन राईले बताए । रासस
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












