राजपा नेताहरु भन्छन्, ‘हैकम जोगाउन पार्टीको नीतिविपरीत निर्वाचनमा उम्मेदवारी दियौं’
कपिलवस्तु, ९ असार । स्थानीय तहमा तराई मधेसको वर्चस्व कायम गर्न आफूहरू निर्वाचनमा उम्मेदवार बनेको राजपाका नेताहरूले बताएका छन् । पार्टी नीतिविपरीत भए पनि मतदाताको मागअनुसार आफू स्वतन्त्र रूपमा उम्मेदवार बनेको राजपाका नेता एवं कपिलवस्तु नगरपालिकामा मेयर पदका उम्मेदवार रामदास गुप्ताले बताए ।
केन्द्रमा प्रमुख ३ दलको वर्चस्व कायम रहेका बेला स्थानीय तहमा आफूहरू निर्वाचनमा सहभागी नहुँदा स्थानीय तह पनि गुम्ने खतरा देखेपछि स्वतन्त्र रूपमा आफूले उम्मेदवारी दर्ता गराएको नेता गुप्ताले स्पष्ट पारे ।
‘केन्द्रमा मधेस विरोधी दलहरूको हातमा सरकार र बलियो प्रतिपक्ष छु, नेता गुप्ताले भने, ‘यस्तो अवस्थामा निर्वाचनमा सहभागी नभए स्थानीय निकाय पनि मधेस विरोधी शक्तिको हात पर्ने खतरा थियो । यस्तो अवस्थाबाट जोगाउन हामी बाध्य भई निर्वाचनमा सहभागी भयौं ।
गुप्तासँगै उपमेयरमा राजपा नेता वासुदेवप्रसाद कसौधनले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कपिलवस्तु नगर क्षेत्रका १२ वटै वडामा राजपा नेताले बहुजन शक्ति पार्टीका तर्फबाट निर्वाचमा भाग लिइरहेका छन् । वडाध्यक्षहरू स्वतन्त्र रूपमा चुनाव लड्दा फरक फरक चुनाव चिह्न दिइने भएका प्रचारमा गाह्रो पर्न जाने देखेर बहुजन शक्ति पार्टीको जग चुनाव चिह्नबाट आफूहरू उम्मेदवार बनेको राजपाका नेता एवं कपिलवस्तु नगरपालिका—१ का वडाध्यक्ष पदका उम्मेदवार सुदीप पौडेलले बताए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












