सुकुम्बासी वस्तीमा माओवादीले नक्कली धनीपूर्जा बाँड्दै गर्दा प्रहरी पुग्यो
धरान, ९ असार । स्थानीय तहको चुनाव प्रचारका क्रममा शुक्रवार बिहान धरान उपमहानगरपालिका ५ को सुकुम्बासी वस्तीमा माओवादीका मेयर उम्मेदवार आइन्द्रविक्रम भेगा आफ्ना सहयोगीसाथ छिरे । तस्बिरमा देखाइएको नक्कली जग्गाधनी प्रमाण पूर्जा बोकेका माओवादी कार्यकर्ता सहित पुगेका उनले त्यहाँ छोटो कार्यक्रम नै गरे ।
वस्तीका हरेक सुकुम्बासीलाई लाइन लगाएर उनले ‘जग्गा धनी प्रमाण पूर्जा’ बाँडे । तर, त्यहाँ बाँडिएको जग्गा थिएन, जग्गा धनी प्रमाण पूर्जा मात्रै थियो जुन पूर्जाले सुकुम्वासीले जग्गा पाउँदैनन् । पूर्जामा छाप जग्गाको कित्ता नम्बर र क्षेत्रफल केही छैन बरु त्यहाँका भूमिहीन सुकुम्बासीको नाम लेखिएको थियो र माओवादीको चुनाव चिन्हको छाप लगाइएको थियो ।
सुकुम्बासीहरुले प्रश्न गरे– यो प्रमाणपत्रले जग्गा पाइन्छ त ? आइन्द्रविक्रमले जवाफ दिए– चुनावमा माओवादीलाई भोट दिएपछि भोट दिएको प्रमाण लिएर आए जग्गा पाइन्छ । यसरी सुकुम्बासी वस्तीमा नक्कली जग्गाधनी पूर्जा वितरण गरिरहेको प्रहरीले थाहा पायो । करिव ५० जनालाई नक्कली धनीपूर्जा वितरण गरिसकेपछि प्रहरी पुग्यो । प्रहरी पुगेपछि माओवादी टोली सुकुम्बासी वस्ती छोडेर भागेका थिए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












