पाकिस्तानमा तेल ट्यांकर पल्टिएर आगलागी, १२३ जनाको मृत्यु, ८० भन्दा बढी घाइते
काठमाडौं, ११ असार । पाकिस्तानमा तेल ट्यांकर पल्टिएर भएको आगलागीमा परी १२३ जनाको ज्यान गएको छ । पञ्जाबको बहावलपुरमा राजमार्गमा तेल ट्यांकर पल्टिएर आगलागी भएको पाकिस्तानि सञ्चारमाध्यमले जनाएका छन् । ट्यांकर पल्टिएर सुरु भएको आगो राजमार्गमा गुडेका अरु गाडीमा सल्किएपछि धेरै मानवीय क्षति भएको हो ।
ट्यांकर पल्टिएपछि चुहिएको तेल संकलन गर्न पुगेका स्थानीय बासिन्दा पनि अचानक आगो सल्किँदा जलेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । घटनामा झण्डै ८० जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
घाइतेलाई उपचारका लागि विभिन्न अस्पत्तालमा लगिएको छ । तर घाइतेको उपचारका लागि सुविधा सम्पन्न अस्पताल नजिकमा नरहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने स्थानीय अधिकारीले बताएका छन् । आगो नियन्त्रणमा लिन अग्नि नियन्त्रक खटिएका छन् ।
तेल ट्यांकर तीव्र गतिका कारण पल्टिएको र त्यसपछि आगो सल्किएको जनाइएको छ । पल्टिएको ट्यांकर नजिकै केही मानिसले चुरोट खाएको र त्यसैबाट आगो सल्किएको हुन सक्ने प्रत्यक्षदर्शीले बताएको पाकिस्तानी टेलिभिज जियोले जनाएको छ । ज्यान गुमाउनेको पहिचान गर्न सकिने अवस्था नरहेको र त्यसका लागि डिएनए परीक्षण गर्नु पर्ने देखिएको छ ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












