ताजा समाचार

उत्तर कोरियामा अमेरिकाविरुद्ध विशाल प्रदर्शन, कोरियाली नागरिकको उल्लेख्य सहभागिता

काठमाडौं, १२ असार । उत्तर कोरियाले अमेरिकाविरुद्ध सङ्घर्ष सुरु भएको दिनको स्मरणमा एक विशाल जुलुसको आयोजना गरेको छ । जुलुसमा सत्ताधारी वकर्स पार्टीका उच्च पदाधिकारी, उच्च पदस्थ सरकारी अधिकारीसमेत सहभागी भएका थिए।

जुलुसमा सबै क्षेत्रमा कोरियाली नागरिकको सहभागिता भएको थियो। सहभागीले कोरियाली प्रायद्वीपमा युद्ध सुरु भएको दिन जुन २५, १९५० लाई अमेरिकालाई दोषी ठहर्‍याएको कोरियाली केन्द्रीय समाचार संस्था (केएनसीए)ले जनाएको छ।

जुलुसमा सहभागी कोरियालीले आफ्ना नागरिकविरुद्ध भएको ‘क्रुरता’लाई उनीहरु कहिल्यै नबिर्सने बताएका केएनसीएले जनाएको छ। रासस/सिन्ह्वा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org