विप्लवले बम आतंक जारी राखे कारबाही गर्न सेना परिचालन गर्ने गृहमन्त्रीको चेतावनी
दाङ, १२ असार । गृहमन्त्री जनार्दन शर्माले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘नेकपा’ लाई बम नपड्काउन चेतावनी दिएका छन् । स्थानीय तहको निर्वाचन बहिष्कार गरिरहेको विप्लव पार्टीलाई गृहमन्त्री शर्माले आतंक शिर्जना नगर्न चेतावनी दिएका हुन् ।
रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले सोमबार बिहान तुलसीपुरमा आयोजना गरेको साक्षत्कारमा ‘विप्लव’ समूहले निर्वाचन बहिस्कार गर्दैमा कुनै असर नपर्ने दाबी गरे । ‘निर्वाचनको सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको छ’, उनले भने, ‘निर्वाचन बहिस्कार गर्ने ‘विप्लव’ समूहलाई जनताले खिल्ली उडाइदिएका छन् ।’
उनले भने, ‘जनक्रान्तिको भेष्ट लगाएर थवाङ र पाखापानीमा निर्वाचनमा सहभागी भएको तपाईले पनि सुन्नु भएको होला । कतै सहभागी हुने र कतै बहिस्कारको कुरा गर्नु नीतिगत रुपमा मिल्दैन ।’
बम विस्फोट गराएर आतंक सृजना गरेर मतदाताको अधिकार नखोस्न ‘विप्लव’ समूहलाई गृहमन्त्री शर्माले चेतावनी दिए । ‘निर्वाचनलाई शान्ति पूर्ण रुपमा सम्पन्न गराउन नेपाल प्रहरीले प्रमुख जिम्मेवारी पाएको छ । त्यसपछि सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिन्छ’ उनले भने ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












