दोस्रो चरणको निर्वाचन आजः असारे भरीको प्रवाह नगरी मतदाताहरु मतदान केन्द्रतर्फ हिँड्न थाले
काठमाडौं, १४ असार । आज दोस्रो चरण अन्तर्गत ३ प्रदेशमा स्थानीय तह निर्वाचन हुँदैछ । आज प्रदेश नम्बर १, ५ र ७ का मतदाताहरु बिहान ७ बजेदेखि सुरु हुने मतदानको लागि मतदानस्थलतर्फ हिँड्न थालेका छन् । कतिपयको मतदान केन्द्र घर नजिकै छ भने धेरैलाई मतदान केन्द्र पुग्न घण्टौं हिँड्नुपर्छ । त्यसैले धेरैजसो मतदाता भोट दिनको लागि बिहानै घरबाट हिँडेका हुन् ।
दिउँसो पानी पर्ने भएकाले समयमै मतदान गर्न मौसमविदले पनि सुझाव दिएका छन् । कतिपय ठाउँमा चाहिँ बिहानैदेखि पानी परिरहेको छ । दिउँसो खेती किसानीको काम गर्नुपर्ने भएकाले पनि धेरै मतदातालाई बिहानै मतदान केन्द्रमा पुगेर भोट दिन आतुर छन् । २० वर्षपछि हुन लागेको स्थानीय चुनावमा सहभागी भएर जनप्रतिनिधि चुन्ने अवसर सदुपयोग गर्न सबै मतदाता उत्सुक छन् ।
बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म लाइनमा बसेका मतदाताले मतदान गर्न पाउनेछन् । आयोगले भोट खसाल्न मतदाता परिचय पत्र बोकेर सम्बन्धित मतदान केन्द्रमा जानुपर्ने तर कुनै कारणले परिचय पत्र छुटे वा नलगे आफ्नो फोटो भएका अरु सरकारी कागजात देखाएर पनि मतदान गर्न पाउने व्यवस्था गरिएको जनाएको छ । आयोगले सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएकाले ढुक्क हुन आग्रह गरेको छ ।
सरकारले चुनाव हुने १, ५ र ७ नम्बर प्रदेशमा बुधबार सार्वजनिक बिदा दिएको छ । १५ हजार ३८ जना प्रतिनिधि चयनका लागि ६२ हजार ४ सय ८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीन प्रदेशका ३५ जिल्लामा हुने मतदानमा ६४ लाख ३२ हजार ७ सात ६५ मतदाता छन् ।
चुनावमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिएका छन् । १ महानगरपालिका, ७ उपमहानगरपालिका १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिका गरी जम्मा ३ सय ३४ स्थानीय तहमा चुनाव हुँदै छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












