पैसाको माग गर्दै विश्वभरका ठूला कम्पनीका दुई हजार भन्दा बढी कम्प्युटरमा साइबर आक्रमण
काठमाडौं, १४ असार । विश्वभरका ठूला कम्पनीका कम्प्युटरमा साइबर आक्रमण भएको छ । र्यानसमवेयर साइबर आक्रमणका कारण विश्वभरका कम्पनी प्रभावित भएको बिबिसीले जनाएको छ । र्यानसमवेयर साइबर आक्रमणका कारण कम्पनीका आइटी प्रणाली प्रभावित भएका छन् । साइबर आक्रमणको स्रोत अहिलेसम्म खुलेको छैन । तर निश्चित मात्रामा पैसाको माग गर्दै विश्वका विभिन्न कम्पनीको कम्प्युटरमा भाइरस आक्रमण भएको हो ।
यो साइबर आक्रमणको पहिलो शिकार युक्रेनको राष्ट्रिय विद्युत कम्पनी तथा किएभमा रहेको मुख्य विमानस्थलसहितका अरु युक्रेनी कम्पनीका कम्प्युटर बनेका थिए । अहिलेसम्म झण्डै दुई हजारको हारहारीमा आक्रमण भएको र त्यसबाट प्रभावित हुनेमा युक्रेन, रुस, पोल्याण्ड, बेलायतसहितका देशका कम्प्युटर रहेको रुसको एन्टी भाइरस कम्पनी कस्पर्सकी ल्याबले जनाएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले यो विषयमा सुक्षम निगरानी गरिरहेको बताएको छ ।
गएको महिना पनि विश्वभरका कम्प्युटरमा ठूलो स्तरको साइबार आक्रमण भएको थियो । त्यही आक्रमणका बेला जुन कमजोरीको फाइदा आक्रमणकारीले लिएका थिए अहिले पनि त्यही कमजोरीको फाइदा उनीहरुले उठाएको विशेषज्ञले बताएका छन् ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












