ताजा समाचार

बजेट कटौतीका कारण ब्राजिलमा राहदानी वितरणमा अस्थायी रोक

काठमाडौं, १५ असार । ब्राजिलमा राहदानी वितरणमा अस्थायी रोक लगाइएको छ । बजेट कटौतीका कारण राहदानी वितरणमा अस्थायी रोक लगाइएको हो ।

संघीय प्रहरीले आवेदन स्वीकार गरेको ६ दिनभित्र राहदानी जारी गर्ने व्यवस्था भए पनि बजेट कटौतीका कारण समस्या भएको भन्दै आवेदन लिन बन्द गरिएको हो ।

ब्राजिल एक दशक यता आर्थिक मन्दीको मारमा पर्दै आएको छ । बजेट कटौतीमा ब्राजिलका राष्ट्रपति माइकल टेमेरलाई जिम्मेवार ठह¥याइएको छ । सरकारले भने यसै हप्ता बस्ने संसद् बैठकमा यो विषयमा छलफल गरी आपतकालीन विधेयक पारित गर्ने तयारी भइरहेको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org