मतगणनाको प्रारम्भीक परिणाम आउन सुरुः एमाले, काँग्रेससँग माओवादी प्रतिस्पर्धीमा
काठमाडौं, १५ असार । बुधबार सम्पन्न दोस्रो चरणको निर्वाचनको मतगणना सुरु भएको छ । प्रदेश नम्बर १,५ र ७ का विभिन्न स्थानीय तहमा बुधबार रातिदेखि नै मतगणना सुरू भएको छ । दोस्रो चरणको निर्वाचनमा पहिलो चरणको निर्वाचन नतिजाभन्दा अलि फरक देखिएको छ । पहिलो चरणको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेबीच तीब्र प्रतिस्पर्धा भएको थियो । तर दोस्रो चरणको निर्वाचनको प्रारम्भीक नतिजा अनुसार माओवादी केन्द्र पनि प्रमुख प्रतिस्पर्धीको रुपमा देखिएको छ ।
झापा, सुनसरी, मोरङ, भोजपुर, संखुवासभा, रुपन्देही, कैलाली, बाजुरा, कञ्चनपुर, डोटी, बैतडीका स्थानीय तहमा मतगणना जारी छ ।त्यसैगरी, पाँचथर, उदयपुर, बाँके, गुल्मी, सोलुखुम्बु, नवलपरासी, रोल्पालगायतका जिल्लाका स्थानीय तहको मतगणना पनि जारी छ । पछिल्लो प्रारम्भिक नतिजाअनुसार नेकपा माओवादी केन्द्रले बर्दिया, दाङ, भोजपुर, रोल्पा लगायत जिल्लाका केही वडाहरुमा विजयी भएका छन् । त्यस्तै ती जिल्लाहरुका गाउँपालिका प्रमुखमा समेत माओवादी केन्द्रले अग्रता लिईरहेको छ ।
त्यस्तै ७ नम्बर प्रदेश अन्गर्तत डोटीको दीपायल, सिलगढी र शिखर, कञ्चनपुरको महाकाली, बैतडीको मेलौली नगरपालिमा काँग्रेस उम्मेदवार अगाडी रहेका छन् । त्यस्तै रूपन्देहीको देवदह नगरपालिकामा पनि कांग्रेस उम्मेदवारले सुरुआती अग्रता लिएका छन् ।
कञ्चनपुरको महाकाली नगरपालिकामा २५० मत गन्दा नेपाली कांग्रेसका मेयर उम्मेदवार १०८ मत पाएका छन् । दोस्रो स्थानमा रहेको एमालेले ५९ मत पाएको छ । २४ मत ल्याएर राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृत हरिकृष्ण श्रेष्ठले जानकारी दिए ।
उपमेयरमा एमालेले १०१ मत पाएको छ भने कांग्रेसले ६० मत ल्याएको छ । राप्रपाका उपमेयर उम्मेदवारले २६ मत पाएका छन् । चौथो स्थानमा रहेको माओवादी केन्द्रले मेयरमा १२ र उपमेयरमा १५ मत पाएको छ ।
डोटीको शिखर नगरपालिकामा पनि नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । वडा नम्बर १ को १०२ मत गन्दा मेयरमा कांग्रेस उम्मेदवारले ६२ मत पाएका छन् भने उपमेयरले ६० मत पाएका छन् । एमाले मेयर उम्मेदवारले ३४ मत पाएका छन् भने उपमेयरले ३२ मत ल्याएका छन् ।
प्रदेश नम्बर ५ को रुपन्देही जिल्लाको देवदह नगरपालिकामा १ सय मत गणना हुँदा कांग्रेसका मेयर उम्मेदवार हिराबहादुर केसीले ३७ मत ल्याएका छन् भने एमालेका टिकाराम चापागाईँले २४ मत पाएका छन् ।
नेकपा एमालेले संखुवासभाको खाँदबारी नगरपालिकामा अग्रता लिएको छ । नगरपालिकाको वडा नम्बर १० को ३२३ मत गनिसक्दा मेयरमा एमालेका उम्मेदवारले १५९ मत ल्याएका छन् भने १२६ मत ल्याएर कांग्रेस उम्मेदवार दोस्रो स्थानमा छन् । माओवादी केन्द्रले १२ मत पाएको खाँदबारी नपाका मुख्य निर्वाचन अधिकृत देबेन्द्र पौडेलले जानकारी दिए ।
कैलालीका दुई नगरपालिका टीकापुर र भजनीमा भने उपप्रधानमन्त्री विजय कुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम अगाडि छ । मुख्य निर्वाचन अधिकृत पुरुषोत्तम शर्माका अनुसार भजनी नगरपालिकामा १७० मत गन्दा फोरमका मेयर उम्मेदवारले ३९ मत पाएका छन् भने उपमेयर उम्मेदवारले ३४ मत पाएका छन् ।
दोस्रो स्थानमा रहेका कांग्रेस मेयर उम्मेदवारले २३ मत र उपमेयरले २४ मत पाएका छन् । एमालेका मेयर उम्मेदवारले २१ मत पाएको छन् भने उपमेयरले १४ मत पाएका छन् ।
कैलालीकै टीकापुर नगरपालिकामा २०० मत गन्दा फोरम नै अगाडि छ । मुख्य निर्वाचन अधिकृत मनप्रसाद रेग्मीका अनुसार टीकापुरका ५ र ६ वडाको मतगणना भइरहँदा फोरमका मेयर र उपमेयर उम्मेदवारले समान ५६ मत पाएका छन् ।
दोस्रो स्थानमा एमाले कांग्रेस छन् । दुबै पार्टीका मेयर उम्मेदवारले ५२ मत पाएका छन्। तेस्रो स्थानमा रहेको माओवादीले मेयरमा २१ मत पाएको छ ।
बर्दियाको मधुवन नगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता सुरुआती अग्रता लिएको छ । नगरपालिकाको वडा नम्बर १ को ६३८ मत गनिसक्दा माओवादीले मेयरमा २८० मत र उपमेयरमा २७८ मत पाएको मुख्य निर्वाचन अधिकृत भीमबहादुर कुँवरले जानकारी दिए ।
माओवादी केन्द्रलाई पछ्याउँदै कांग्रेसका उम्मेदवारले मेयर पदमा २३१ मत ल्याएका छन् भने उपमेयरमा २३६ मत ल्याएका छन् । एमाले उम्मेदवारले मेयरमा १०१ र उपमेयरमा ९७ मत पाएका कुँवरले बताए ।
रूपन्देहीको सिद्धार्थनगरपालिकामा नेपाली कांग्रेसले प्राम्भीक अग्रता लिएको छ । सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसले ५३, एमालेले ४८ राप्रपाले ४२ तथा माओवादी केन्द्रका उम्मेद्वारले ३४ मत पाएका छन् । अहिलेसम्म २०२ मतको गणना भइसकेको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












