कैलालीको ताजा मतपरिणामः कुन कुन स्थानीय तहमा को-को विजयी
कैलाली, १६ असार । कैलालीमा पनि मत परिणाम आउने क्रम जारी छ । टीकापुर नगरपालिका वडा नम्बर ३ र ६ मा फोरम लोकतान्त्रिकको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा फोरम लोकतान्त्रिकका बलिराम चौधरी प्यानलसहित विजयी भएका हुन् । अहिले वडा नम्बर २, ५, ४ को मतगणना जारी छ ।
वडा नम्बर ३ को वडा अध्यक्षमा रामसेवक महतो ५४० मत, बिना थारु महिला सदस्य ५३६ मत, भागिदेवि कामी दलित सदस्य ५५२, कालिराम थारु सदस्य ५३२ र सदस्यमा माओवादी केन्द्रका लहानु चौधरी ५३० मत ल्याएर विजयी भएका छन् । जानकी गाउँपालिकाको वडा नम्बर ९ मा नेकपा एमालेको अध्यक्ष खगेन्द्र भण्डारीको पुरै प्यानल विजयी भएको छ । अध्यक्ष भण्डारीले ८ सय ४८ मत प्राप्त गरि विजयी भएका हुन् । त्यस्तै वडा नम्बर ८ माओवादी केन्द्र र फोरम लोकतान्त्रिको मिश्रित टीम विजयी भएको छ । वडा अध्यक्षमा माओवादी केन्द्रका डम्बर चौधरी विजयी भएका छन् । भजनीमा माओवादीले खाता खोलेको छ । वडा नम्बर २ मा माओवादी केन्द्रका दुर्गा पुनको टीम विजयी भएको छ ।
जोशीपुर गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार हेमलाल डंगौरा ४५१ मत ल्याई बिजय भएका छन् । भने वडा नम्बर ४ मा नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवार लखनलाल चौधरी ६१३ मतसहित पुरै टीम विजय भएको छ । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ११ बाट नेकपा माओवादी केन्दका उम्मेदवार विनोद चौधरी ५७४ मतसहित पुरै टीम बिजय भएको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












