१ नम्बर प्रदेशको पहाडमा एमालेलाई ‘शानदार’ सफलता, माओवादीको ४५ मध्ये ६ स्थानमा विजयी
काठमाडौं, १८ असार । प्रदेश नम्बर १ का पहाडी जिल्लामा नेकपा एमालेले सफलता हासिल गरेको छ । झापा, मोरङ र सुनसरी बाहेकका ११ वटा जिल्लामा एमालेले नेपाली कांग्रेसलाई धेरै नै पछाडि छाड्ने प्रारम्भिक संकेत देखिएको छ ।
प्रदेश नम्बर १ को चुनावी विश्लेषण यस्तो छः
प्रदेश नम्बर १ मा कुल १३७ स्थानीय तह छन् । यसमा झापा, मोरङ र सुनसरीका ४५ स्थानलाई घटाउँदा पूर्वी पहाडमा ९३ स्थानीय तह बाँकी रहन्छन् । तराईका तीन जिल्लाको चुनावी नतिजा अहिलेसम्म आइसकेको छैन ।
प्रदेश नं १ का पहाडी जिल्लाका ९३ सीटमध्ये शनिबार साँझ ७ बजेसम्म ४५ स्थानको चुनावी नतिजा आइसकेको छ । अब ४८ स्थानको मात्रै नतिजा आउन बाँकी छ ।
एमालेलाई २९ स्थान
प्राप्त ४५ सीटको नतिजामा एमालेले २९ स्थानमा जित हात पारेको छ । कांग्रेसले अहिलेसम्म १० स्थानमा मात्रै जित हात पारेको छ । माओवादीले ६ स्थानमा जित हात पारेको छ । एमालेले ताप्लेजुङ र पाँचथरबाट दुईरदुई स्थान जितेको छ भने इलामबाट पनि दुई स्थानमा जितिसकेको छ ।
त्यसैगरी संखुवासभा पनि एमालेले २ स्थानमा जितेको छ । भोजपुर र तेह्रथुममा भने उसले ४र४ स्थानीय तहमा जितिसकेको छ । त्यस्तै खोटाङमा ३ र धनकुटामा ४ स्थानमा एमालेले जितेको छ । एमालेले उदयपुरमा ३ र सोलुखुम्बुमा २ स्थानमा जित हात पारेको छ । ओखलढुंगामा भने एमालेले खाता खोलेको छैन ।
कांग्रेसलाई १० स्थान मात्र
प्रदेश नम्बर १ का पहाडी जिल्लामा ४५ स्थानको नतिजा आएकोमा नेपाली कांग्रेसको पक्षमा अहिलेसम्म १० स्थान मात्रै हात परेको छ ।नेपाली कांग्रेसले पाँचथर, खोटाङ र ओखलढुंगामा एकरएक स्थान जितेको छ । त्यसैगरी भोजपुर र ताप्लेजुङमा कांग्रेसले दुई/दुई स्थानमा जित हात पारेको छ । संखुवासभामा उसले ३ स्थानमा जित हात पारेको छ ।
पूर्वी पहाडमा नेपाली कांग्रेसको चुनावी नतिजा निकै कमजोर देखिएको छ । प्रदेश नम्बर १ का कुल १३७ स्थानमा बहुमत पाउने लक्ष बोकेको नेपाली कांग्रेसको पोजिसन मोरङ र सुनसरीमा अपेक्षाकृत राम्रो देखिए पनि पहाडी जिल्लाले एमालेलाई भारी अग्रता दिलाउने संकेत देखिएको छ ।
माओवादीको जित ६ स्थानमा
प्रदेश नम्बर १ का पहाडी जिल्लामा माओवादी केन्द्रको पोजिसन निकै कमजोर देखिएको छ । अहिलेसम्म प्राप्त ४५ स्थानीय तहको नतिजा आउँदा माओवादीले ६ सीटमात्रै जितेको छ । माओवादीले अहिलेसम्म ओखलढुंगा, उदयपुर, भोजपुर र खोटाङमा एकरएक स्थान जितेको छ । उसले सोलुखुम्बुमा दुई स्थानमा जितेको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












