मलेसियामा गैरकानुनी आप्रवासीविरुद्ध धरपकड अभियान सुरु, २४ घण्टामै १०४ नेपाली पक्राउ
काठमाडौं, १८ असार । मलेसियामा २४ घण्टामै १ सय ४ नेपाली पक्राउ परेका छन् । गैरकानुनी आप्रवासीविरुद्ध मलेसियाले सुरु गरेको देशव्यापी धरपकड अभियानअन्तर्गत २४ घण्टायता १ सय ४ नेपालीसहित १ हजार ३५ जना पक्राउ परेका हुन् ।
पेराकबाट ९ जना, केलाङ–कापरबाट ५ र जोहोरबारुका विभिन्न स्थानबाट ९० जना नेपाली पक्राउ परेको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । मलेसियाली सरकारले गैरकानुनी रुपमा बसोबास गरिरहेका आप्रवासीका लागि पछिल्लो पटक सञ्चालन गरेको दर्ता कार्यक्रमको समयावधि सकिएको भोलिपल्ट (जुलाई १) देखि नै देशव्यापी धरपकड थालेको हो ।
उक्त अभियान सुरु गरेको २४ घण्टायता प्रमुख सहरहरु जोहोरबारु, पेनाङ, केलान्तान, क्वालालम्पुर, मलक्का, पर्लिस, सारावक, पेराक, केडाह, नेगरी सेम्बीलान, पाहाङ र लाबुवानका विभिन्न स्थानमा छापा मारिएको र उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ । पक्राउ पर्नेहरुमा नेपालसहित वंगलादेश, इन्डनेसिया, म्यानमार, पाकिस्तान, फिलीपिन्स, थाईल्यान्डलगायत विभिन्न मुलुकका नागरिक रहेका छन् ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












