पाँच दिनमा सेलीब्रेटी बनेका हवल्दार दुर्गाबहादुर रानालाई बम फाल्ने आँट यसरी आयो
काठमाडौं, २० असार । मान्छेको जिवनमा कहिले के हुन्छ कसैलाई थाहा हुँदैन । त्यस्तै भयो ५ दिनका लागि दाङ काज खटिएका दुर्गाबहादुर सुवेदीको हकमा पनि । काठमाडौंबाट दाङ खटिँदा सामान्य हवल्दार थिए ५ दिनपछि फर्किंदा सेलीब्रेटी पनि भएका छन् । आजको नेपाल समाचरपत्रमा खबर छ ।
कुरा उनै बम समातेर फाली सर्वसाधारण जनताको ज्यान जोगाउने हवल्दार दुर्गाबहादुर रानाको हो । कसरी बम समातेर फाल्ने आँट आयो भन्ने प्रश्नमा उनले भने, प्रहीले दिएको जिम्मेवारी पूरा गर्न म सहित ६७ जनाको टिम दाङ पुगेका थियौं । र, मलाई तुलसीपुरस्थित अम्बास मतदान केन्द्रमा खटाइयो ।
बिहान नौ बजेसम्म केही पनि भएको थिएन । साढे ९ बजे बुथ केन्द्रमै पुग्ने गरी पूर्व दक्षिण भागबाट बम आयो । त्यस ठाउँमा हुस्सु लागेको थियो । कसले बम फाल्यो भन्ने थाहा हुन सकेन । बम खस्न लागेको मात्र देखें । मलाइ बमसम्बन्धी सामान्य जानकारी थियो । त्यो सकेट बम रहेछ ।
जति टाढा फाल्यो उति सुरक्षित भइन्छ भनेर आत्माले सोच्यो । र बम हातमा समात्नेबित्तिकै फाल्दिहालें । फालेको दुई(तीन सेकेन्डमा निकै ठूलो आवाजले पड्कियो । र सबैले सहज तरिकाले मतदान गर्नुभयो ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












