सुष्मा स्वराजले परराष्ट्रमन्त्री महरालाई नै टेरेन्, नेपाली ग्यास बुलेट अवरोध नहटाउने
काठमाडौं, २१ असार । खाना पकाउने एलपिजी ग्यास ढुवानीमा भारतीय निर्भरता हटाउने सरकारको योजनामा भारत नै तगारो बनेको छ ।नेपाली नम्बर प्लेटका ग्यास बुलेटबाट ढुवानी गर्न अनुमति मागे पनि भारतले अनुमति नदिने संकेत गरेको छ ।
परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नौ महिनादेखि भारतमै रोकिएका नेपाली ग्यास बुलेट संचालन गर्न दिन भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई आग्रह गरे पनि उनले घुमाउरो पाराले अस्वीकार गरेकी नागरिक दैनिकमा खबर छ ।
भारत भ्रमणमा रहेका महराले स्वराजसँगको द्विपक्षीय भेटमा ग्यास बुलेट संचालन अनुमति दिन प्रस्ताव गरेका थिए । बुलेट संचालन गर्ने वातावरण बनाउन प्रतिबद्धता जनाउनुको सट्टा स्वराजले नेपालकै ग्यास स्टेसनसम्म ढुवानी गरिदिने आश्वासन दिएकी छन् ।
‘ग्यास बुलेटको विषयमा भारतीय पक्ष सकारात्मक देखिएन,’ मन्त्री महराका स्वकीय सचिव युवराज चौलागाईले भने, ‘भारतीय विदेशमन्त्रीले नेपाललाई चाहिनेजति ग्यास इन्डियन बुलेटबाटै ढुवानी गरिदिने बताउनुभयो ।’ ग्यास बुलेट संचालन विषयमा परराष्ट्रमन्त्री महराले कुरा उठाएको द्विपक्षीय भेटमा सहभागी परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौडेलले पनि पुष्टि गरे ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












