उत्तर कोरियाले क्यानाडा र अमेरिकासम्म मार हान्न सक्ने मिसाइलको परीक्षण गर्यो
काठमाडौं, २१ असार । उत्तर कोरियाले अमेरिकासम्म मार हान्न सक्ने मिसाइलको परीक्षण गरेको छ । उत्तर कोरियाले एक महादेशबाट अर्को महादेशमा आणविक हतियारसहित मार हान्न सक्ने ईन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको अमेरिकाले दाबी गरेको छ ।
ह्वासुङ–१४ नाम दिइएको यो क्षेप्यास्त्र २ हजार ८ सय २ किलोमिटरको उचाईमा ३९ मिनेटसम्म उडेर ९ सय ३३ किलोमिटरको दुरी पार गर्दै समुद्रमा तोकिएको लक्ष्यमा खसेको बताइएको छ । यो मिसाईलले क्यानडाको पुरै भाग र अमेरिकाको अलास्कासहितको केही राज्यसम्म मार हान्ने क्षमता राख्छ ।
तर अमेरिकाका ४६ राज्यमा भने यसको प्रभाव हुनेछैन । उत्तरले मिसाईल परीक्षण गरे पनि यसका लागि आवश्यक आणविक हतियार भने उसँग नभएको अमेकाले दाबी गरेको छ । उत्तर कोरियाको पछिल्लो कदमलाई अमेरिकाले विश्व जगतका लागि नयाँ सुरक्षा खतराको रुपमा ब्याख्या गरेको छ ।
यही विषयमा छलफल गर्न अमेरिकाले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालिन बैठक डाकेको छ । बुधबार बस्ने बैठकले उत्तर कोरियामाथि नाकाबन्दी कडा पार्दै थप कारवाहीको विषयमा निर्णय गर्नेछ ।
Comments
अरु समाचार
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...











