राजधानीका विभिन्न ६ सय स्थानमा जेब्राक्रस राखिने
काठमाडौं, २१ असार । सडक विभाग र ट्राफिक प्रहरीको समन्वयमा उपत्यकाका विभिन्न स्थानमा ६ सय जेब्राक्रस राखिने भएको छ । काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलको समन्वयमा बनेको उपत्यकाको पूर्वाधार एवं यातायात व्यवस्था सुधार समितिले जेब्राक्रस राख्ने सडकको पहिचान गरेपछि उक्त प्रक्रिया अगाडि बढाउन लागिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
हाल काठमाडौंमा तीन सयवटा जेब्राक्रस छन् । सडकको पूर्वाधारविनै सडक प्रयोगकर्तालाई जरिवाना तोक्ने कार्य राम्रो नभएको र जेब्राक्रस थप गरे दुर्घटना न्यूनीकरणमा समेत ठोस पहल गर्ने बुझाइ समितिको छ । गत आइतबार मेयर विद्यासुन्दर शाक्यको उपस्थितिमा बसेको समितिको बैठकमा शाक्यले ‘कामको परिणाम तत्काल देखिनुपर्यो ।
समिति गठन भएदेखि अहिलेसम्म के–कति सुधार भए ? ’ भनेर कड्किएपछि पौडेलले समितिका कार्य प्रगतिबारे विस्तारमा उल्लेख गर्नुभएको थियो । पौडेलले १५ दिनभित्र राजधानीवासीलाई सुधारको महसुस हुने खालको कामको तयारी भइरहेको जानकारी बैठकमा गराउनुभएको थियो ।
Comments
अरु समाचार
-
गोवामा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुल्यो, शव ल्याउने तयारी
काठमाडौं । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच...
-
छाउपडी प्रथा क्रमशः न्यूनीकरण हुँदै, बडीमालिकाका सात वडा मुक्त घोषणा
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
वसन्त चौधरीको भावुक फेसबुक स्टाटस, लेखे– मेरो के कसुर थियो र ५० वर्षे इतिहास बोकेको घर जलाइयो ?
काठमाडौं । वरिष्ठ उद्यमी तथा साहित्यकार बसन्त चौधरीले जेनजी प्रदर्शन तीन महिना पूरा भएको अवसर पारेर सामाजिक सञ्जाल फेसकुमा एक...
-
‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’
काठमाडौं । अर्थ मन्त्रालयले ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर उठाउनु कानुनविपरीत भएको स्पष्ट पारेको छ ।संविधान, अन्तरसरकारी वित्त...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
कांग्रेस सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा !
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । भण्डारीले...
-
सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
काठमाडाैं । सरकारले बुधबारदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले...












