राजधानीका विभिन्न ६ सय स्थानमा जेब्राक्रस राखिने
काठमाडौं, २१ असार । सडक विभाग र ट्राफिक प्रहरीको समन्वयमा उपत्यकाका विभिन्न स्थानमा ६ सय जेब्राक्रस राखिने भएको छ । काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलको समन्वयमा बनेको उपत्यकाको पूर्वाधार एवं यातायात व्यवस्था सुधार समितिले जेब्राक्रस राख्ने सडकको पहिचान गरेपछि उक्त प्रक्रिया अगाडि बढाउन लागिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
हाल काठमाडौंमा तीन सयवटा जेब्राक्रस छन् । सडकको पूर्वाधारविनै सडक प्रयोगकर्तालाई जरिवाना तोक्ने कार्य राम्रो नभएको र जेब्राक्रस थप गरे दुर्घटना न्यूनीकरणमा समेत ठोस पहल गर्ने बुझाइ समितिको छ । गत आइतबार मेयर विद्यासुन्दर शाक्यको उपस्थितिमा बसेको समितिको बैठकमा शाक्यले ‘कामको परिणाम तत्काल देखिनुपर्यो ।
समिति गठन भएदेखि अहिलेसम्म के–कति सुधार भए ? ’ भनेर कड्किएपछि पौडेलले समितिका कार्य प्रगतिबारे विस्तारमा उल्लेख गर्नुभएको थियो । पौडेलले १५ दिनभित्र राजधानीवासीलाई सुधारको महसुस हुने खालको कामको तयारी भइरहेको जानकारी बैठकमा गराउनुभएको थियो ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












