ताजा समाचार

यूएईमा नेपाली समुदायले २०४ औं भानुजयन्ती मनाउने

सचिन्द्र श्रेष्ठ, यूएई । यूएईमा नेपाली समुदायले २०४ औं भानुजयन्ती मनाउने भएका छन् । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा नेपाली समुदाय यूएई साहित्यिक कला संसारको आयोजना तथा कायाकल्पको सहकार्यमा २०४ औं भानुजयन्ती मनाइने भएको हो ।

आउँदो आषाढ ३० गते यूएईको बर दुबई स्थित सिन्ध पंजाव होटलमा भानुजयन्ती मनाईन लागेको नेपाली समुदाय कला तथा साहित्य संसार यूएईका संयोजक कृष्ण पारसले जानकारी दिए । वि.स. १८७१ साल आषाढ २९ गते तनहुँको चुंदि रम्घामा जन्मिएका राष्ट्रिय विभूति आचार्यले रामायणलाई नेपाली भाषामा अनुवाद गरेका थिए ।

उनले अन्य धेरै साहित्यिक कृतिहरु पनि निकालेका छन् । मोतीराम भट्टले १९४८ सालमा भानुभक्तको जीवनी प्रकाशित गरेपछि नेपाली भाषा साहित्यजगतमा भानुभक्तको योगदान प्रकाशमा आएको हो । २०१२ को आषाढ २९ गते पहिलो पटक भानुजयन्ती मनाएपछि हरेक बर्ष आषाढ २९ लाई भानुजयन्ती मनाउँदै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org