मृत्यु भइसकेका गुरुको शव फ्रिजरभित्रै राखेर ध्यान गर्न हाइकोर्टको अनुमति
भारत, २२ असार । पंजाब र हरियाणा हाई कोर्टले मृत्यु भइसकेका दिव्य ज्योती पंथका संस्थापक आशुतोष महाराजको भक्तलाई उनको शव फ्रिजरमा सुरक्षित राख्ने अनुमती दिएको छ । अदालतले तीन वर्ष पुरानो यो मुद्दामाथि निर्णय सुनाएको हो ।
आशुतोष महाराजको संदिग्ध हृदयघातका कारण सन् २०१४ को जनवरीमा मृत्यु भएको थियो तर उनका भक्तको उनी गहिरो ध्यानमा लिन भएको र एक दिन जीवित हुने विश्वास रहेको छ । उनीहरुले उनको शवलाई पंजाबको एक विशाल आश्रममा फ्रिजरमा राखेका छन् ।
उनका छोरा भनि दाबी गर्ने दिलिप कुमार झा र उनका भक्तबिच उनको शरिरको विषयमा विवाद चलिरहेको छ । दिलिप उनको पिताको हिन्दु संस्कारअनुसार अन्तिम संस्कार गर्न चाहन्छन् । तर अहिलेको निर्णयमा अदालतले सन् २०१४ को त्यो निर्णयलाई उल्टाइदिएको छ जसमा आशुतोष महाराजाको मृत्युको पुष्टि भएपछि उनको अन्तिम संस्कारको अनुमती दिइएको थियो ।
दिलिप कुमार झाका वकिलले समाचार एजेन्सी एफपीलाई दिएको जानकारी अनुसार अदालतले आशुतोष पुनर्जीवित हुने भक्तहरुको विश्वासमा कसरी सहमत भए भन्ने बारे स्पष्ट हुन सकेको छैन ।
उनको मृत्युपछि उनका प्रवक्ता स्वामी विशालानन्दले बीबीसीसँग भनेका थिए, ‘उनको मृत्यु भएको छैन । मेडिकल साइन्सले योज विज्ञानको कुरा बुझ्दैन । हामी कुर्नेछौं र हेर्नेछौं । हामीलाई पूर्ण विश्वास छ कि उनी पुनर्जीवित हुनेछन् ।’
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












