५ बर्षमा १२ मन्त्री फेरिए, झन कमजोर बन्यो नेपालको पर्यटन क्षेत्र
सिबी अधिकारी, काठमाडौं, २३ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक वर्षमा पाँच र पाँच वर्षमा १२ मन्त्री फेरिएका छन । सबैभन्दा चाँडो मन्त्री फेरिनेमा पर्यटन मन्त्रालय अग्रपङ्क्तिमा छ । यसले मन्त्रालयको योजना, नीति र कार्यक्रमको प्रभावकारिता र निरन्तरतामा असर पार्ने गरेको छ ।
मन्त्रालय तथा मातहत निकायको विकास र योजना कार्यक्रम प्रभावकारिता त्यसको नेतृत्वकर्तासँगै जोडिएको हुन्छ । चाँडो मन्त्री फेरिँदा अर्थतन्त्रको महत्वपूर्ण आधार पर्यटन क्षेत्रको समग्र विकासमा कस्तो असर पर्ला भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही समग्र पर्यटन क्षेत्रको नीति बनाउने र लागू गर्ने मन्त्री, सचिवदेखि विभागीय प्रमुख फेरबदल भइरहँदा यसले राष्ट्रिय मात्र नभई मन्त्रालयले लिने अन्तर्राष्ट्रिय कार्यक्रममा समेत असर परेको बताउँछन् । “म अच्चम्मित छु सबैभन्दा चाँडो मन्त्री फेरिने मन्त्रालय पनि पर्यटन नै रहेछ, यसले नेपालको छवि खराब बनाएको छ, एउटा आउँछ, नीति, योजना र कार्यक्रम बनाउँछ, अर्को आयो बुझ्नै समय लाग्छ, बुझे पनि कार्यान्वयन गर्न कठिन हुन्छ,”, उनले भने ।
अर्थ, परराष्ट्रपछि, विदेशीको चासो रहने मन्त्रालय पर्यटन नै हो । बजेटको कम आकर्षण भए पनि अन्तर्राष्ट्रिय प्रभाव पार्ने हुँदा दलीय भागबन्डा, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र नेपाल वायुसेवा निगमका जहाज खरिदसँग जोडिएको स्वार्थका कारण पनि मन्त्री चाँडो फेरिने गरेको पूर्वमन्त्री शाहीको भनाइ छ ।
नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठ राजनीतिक अस्थिरता र सुशासन प्रणालीको स्थायित्व नभएका कारण सरकार मन्त्री फेरबदलले समग्र विकासमा असर पुग्ने बताउँछन् । उनले भने, मन्त्री फेरिए पनि नीति फेरिनु भएन तर, त्यो हँुदैन, मन्त्री, सचिव फेरिएसँगै नीति कार्यक्रम बदल्दा नीतिगत स्थायित्व हँुदैन, यसले समग्र विकासमा असर पुग्छ ।
पर्यटन मन्त्रालयको विवरणानुसार पाँच वर्षमा १२ मन्त्री र एक वर्षमा पाँच मन्त्री फेरिएका छन् । विसं २०७२ देखि २०७३ का अवधिमा पाँच मन्त्री फेरिएका हुन् । सो अवधिमा आनन्द्रप्रसाद पोखरेल, बलबहादुर महत .(राज्यमन्त्री), जीवनबहादुर शाही, इन्द्रबहादुर बानियाँ (राज्यमन्त्री), दिलनाथ गिरी पर्यटनमन्त्री बने । सबैभन्दा छोटो अवधि मन्त्री हुनेमा जितेन्द्रनायारण देव छन् । उनी २०७४ वैशाख २५ गते नियुक्त भई जेठ २४ गतेसम्म झन्डै महिना दिन मन्त्री बने । गिरी २०७३ फागुन २६ गतेदेखि २०७४ वैशाख १९ गतेसम्म पर्यटनमन्त्री बने ।
पाँच वर्षमा बाह्र मन्त्रीः
२०६९ देखि २०७३ का अवधिमा १२ पर्यटनमन्त्री बनेका छन् । विष्ट, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपकचन्द्र अमात्य, कृपाशुर शेर्पा, पोखरेल, महत (राज्यमन्त्री), शाही, बानियाँ (राज्यमन्त्री), गिरि र देव मन्त्री बने ।
उनीहरुको अवधि चार महिनादेखि एक वर्षसम्म रह्यो । पूर्वपर्यटन सचिव सुरेशमान श्रेष्ठको अनुभवमा मन्त्री सचिव फेरिरहँदा संस्थागत संरचनामै असर पुग्ने मात्र नभई समग्र आर्थिक विकासमा घाटा हुन्छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












