शीतलनिवासको प्रतिक्रिया- राष्ट्रपतिको लागी कति करोडको गाडी किन्ने सरकारको विषय हो
काठमाडौं, २६ असार । राष्ट्रपति भवन शीतलनिवासले पूर्व राष्ट्रपति रामवरण यादवले चढेको गाडी बिग्रिएकाले नयाँ गाडी किन्न लागेको बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गाडी किन्न १६ करोड रुपैयाँ माग भएको प्रकरणका शीतलनिवासले बल्ल मुख खोलेको हो । गाडी किन्न १६ करोड माग भएको जानकारी बाहिर आएपछि सामाजिक सञ्जालमा राष्ट्रपतिको माननर्दन हुने गरी आलोचना भईरहेको छ । उक्त प्रकरणले निर्क चर्चा पाएपछि बल्ल राष्ट्रपति कार्यालयले गाडी खरिद प्रकरणबारे प्रतिक्रिया दिएको छ ।
राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले राष्ट्रपतिको लागी गाडी किन्न लागेको बताए । राष्ट्रपति भण्डारीले मलाई यति करोडको गाडी चाहियो भनेर कहिल्यै नभनेकी भन्दै शर्माले आवश्यक भएरै गाडी किन्न लागेको दाबी गरे । राष्ट्रपति भण्डारीले अहिले पूर्वराष्ट्रपति डा. रामवरण यादवले चढ्ने गरेको गाडी नै प्रयोग गर्ने गरेकी छन् । तर, सवारीकै समयमा बिग्रिएर हैरान पारेको छ ।
राष्ट्रपतिका सल्लाहकार शर्माले भने, ‘सवारीका क्रममा पटक–पटक पटक गाडी बिग्रिएको छ । एकपटक त बीचबाटोमा गाडी बिग्रिएर अर्कोमा जानुपर्यो । अर्को पटक पिकअप नै नलिएर हैरान भयो ।’ पटकपटक समस्या आएपछि भीभीआईपीको सुरक्षा प्रवन्ध, सवारी लगायतका विषय हेर्ने निकायले नै राष्ट्रपतिको गाडी परिर्वतन गर्नुपर्ने राय दिएको छ ।
शर्माले भने, त्यसपछि सरकारले गाडी किन्ने तयारी गरेको होला । कस्तो किन्ने के किन्ने राष्ट्रपतिले भन्ने होइन । फेरि १६ करोड एउटा गाडीको मूल्य होइनजस्तो लाग्छ ।’ राष्ट्रपतिका प्रेस सल्लाहकार शर्माले जनताबाट आएको खबरदारीप्रति कुनै गुनासो नरहेको बताए । उनले भने, ‘नेपाली जनताले कुनै पनि चिजको दुरुपयोग नहोस्, भएको कुराको सदुपयोग होस् । कुनै पनि पदाधिकारीले बिलासिताका सामान प्रयोग नगरुन् भन्ने जनआकांक्षा छ, त्यसमा कुनै गुनासो छैन ।’
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...












