राष्ट्रपतिको सुरक्षा खर्च मासिक ८२ लाख, के भीआईपीलाई सुरक्षा थ्रेट भएकै हो ?
काठमाडौं, ३० असार । मुलुकका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री मात्रै होइन, हरेक मन्त्रीसमेत चार तहको सुरक्षा घेरामा हिँड्छन् । निवास, सवारी र व्यक्तिगत सुरक्षामा सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो घेरा हुन्छ । राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी हरदम उनीहरुको सुरक्षा चुनौतीको सूचना संकलन र विश्लेषणमा खटिन्छन् ।
अंगरक्षकसमेत २ वटा सुरक्षा निकायबाट खटिएका छन् सेना र प्रहरी । कतै हिँड्नुपर्यो भने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले अगाडि र पछाडि दुवैतिरबाट घेरा हाल्छन् । सार्वजनिक कार्यक्रममा वरिपरि सुरक्षाकर्मीको घेरा अनिवार्य छ । उनीहरु सहभागी हुने सार्वजनिक कार्यक्रममा मात्र हैन, बन्द कोठामा भएका सरकारी कार्यक्रममा समेत सुरक्षाकर्मी उपस्थित रहन्छन् ।
जुनसुकै कार्यक्रम होस् वा बैठकमा नै किन नहोस्, राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मका पछाडि सेना उभिनु अनिवार्य झैं देखिन्छ । यतिसम्म कि राष्ट्रपतिको सुरक्षा खर्च मासिक ८२ लाख छ भने प्रधानमन्त्रीका लागि ७८ लाख रुपैयाँ छ । बहालवाला पदाधिकारी मात्रै होइन, पूर्वप्रधानमन्त्री र मन्त्रीहरुको सुरक्षा प्रबन्ध पनि चर्कै छ । उनीहरुको निवास, सवारी र व्यक्तिगत सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या बाक्लै छ ।
गृह मन्त्रालयले तयार पारेको विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७० ले बहालवाला र पूर्वपदाधिकारीलाई अतिविशिष्ट, विशिष्ट, मध्यम र सामान्य गरी चार तहमा वर्गीकरण गरेको छ । सोही आधारमा अति उच्चस्तरमा खतरा, उच्चस्तरको खतरा, मध्यम र सामान्यस्तरको खतरा गरी चार तहमा थ्रेटलाई वर्गीकरण गरी त्यसैअनुसार सुरक्षा प्रवन्धनलार्य पनि विभाजन गरिएको आजको नागरिक दैनिकमा छ । र, त्यसैअनुरुपको व्यवस्था गरिएको छ । गृहको सुरक्षा चुनौती वर्गीकरण र परिचालन शैली हेर्दा राष्ट्रपतिदेखि मन्त्रीसम्म उच्च सुरक्षा जोखिममा रहेको देखिन्छ । के त्यस्तै हो त ?
सुरक्षाविद् दीपप्रकाश भट्टको भनाइमा पदमा रहेका वा पूर्वपदाधिकारी अन्तर्राष्ट्रिय आतंकवादी समूह, पृथकतावादी वा हतियारधारी विद्रोही समूह र संगठित आपराधिक समूहबाट उत्पन्न हुने सुरक्षा जोखिम देखिँदैन ।’ अहिलेको सुरक्षा चुनौती सामान्य आक्रोसबाट उत्पन्न हुने अवस्थाको व्यवस्थापन मात्रै भएको उनको भनाइ छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












