नेपालगञ्जका मेयर धवल शम्शेर राणाका आठ प्रतिवद्धता, सडकमा मासु पोल्न बन्द
नेपालगञ्ज, ३० असार । नेपालगञ्ज उपमहानगरपालिकाले नगरको समग्र विकास तथा सुशासनयुक्त शासन व्यवस्थाका लागि विभिन्न आठबुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ ।
नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख डा. धवलशम्शेर राणाद्वारा सार्वजनिक गरिएको प्रतिबद्धतामा सडकमा मासु पोलेर दुर्गन्धित गर्ने कार्यलाई तत्काल रोक्ने, फोहोर व्यवस्थापनका लागि नगरमा दुई हजार डस्टबिन तत्काल वितरण गर्ने र नेपालगञ्जको फुलटेक्रादेखि पुरैनीसम्मको सडक निर्माण कार्य तत्काल सम्पन्न गर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी, महेन्द्र बहुमुखी क्याम्पसमा निर्माणाधीन डिग्री ब्लक र छात्रावास निर्माण कार्य पूरा गर्ने, नेपालगञ्जमा रहेका अव्यवस्थित पशु बधशाला व्यवस्थित गर्ने, उपमहानगरलाई सरसफाइयुक्त बनाउन आधुनिक घुम्ती शौचालयको व्यवस्थाका लागि सार्वजनिक शौचालयको व्यवस्था गर्ने र सुझाव पेटिका व्यवस्थित गरी हरेक हप्ता सुझाव पेटिकामा प्राप्त सुझावका आधारमा गुनासो सुनुवाइ गर्ने विषय पनि प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।
यसैबीच, नगर प्रमुख राणाले नगरको पुरानो बजार त्रिभुवन चोक क्षेत्रको सडक विस्तार योजना तीन महिनाभित्र सञ्चालन गर्ने बताउनुभएको छ । सो योजना सञ्चालनका लागि नागरिकले आफ्नो घर संरचना त्यस अवधिमा नभत्काए डोजर लगाएर भत्काउने चेतावनीसमेत दिनुभएको छ । रासस
Comments
अरु समाचार
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...
-
गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको अग्रता
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता लिएका छन् । इस्मा...
-
सर्लाही ४ मा गगन पछाडि, अमरेशको तेब्बर फराकिलो अग्रता
काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई प्रारम्भिक धक्का लागेको छ। सार्वजनिक परिणामअनुसार थापालाई राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं क्षेत्र नं १ मा रञ्जु दर्शनाको जित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार...











