ओली भन्छन्, ‘दिमाग फोहर र जाँड खाएर ढलेको छ भने बाटो चौडा भएर केही हुँदैन’
काठमाडौं, ३० असार । निर्वाचित काठमाडौँ महानगरपालिकाको बजेट पेश गर्नेसहितको कार्यसूची भएको पहिलो नगरसभाको बैठकमा भारतबाट पैसा ल्याएको कुरा उठ्यो। कुरा उठाउने व्यक्ति थिए सभाका प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली। नगरसभाका निर्वाचित पदाधिकारीहरुलाई ढाँट्ने, छल्ने काम नगर्न उपदेश दिने क्रममा उनले भने, ‘केही सञ्चार माध्यम त्यस्तै छ। केपी ओलीले भारतबाट पैसा ल्यायो भनेर लेखेछन्।’
उनले अगाडि भने, ‘केही अनलाइन खबर छन् केही नामका जो सुसूचित हैन भ्रम फैलाउने आपराधिक काम गर्छन्। कमेन्ट गर्न फेक आइडी बनाउँछन्। पत्रकारले त्यो मैले लेखेको हो भन्नसमेत सक्दैन।’
लोकतान्त्रिक अभ्यासमा अलिकति काँचोपना देखिएको कुरा उठाउँदै उनले भने, ‘यसलाई परिपक्व बनाउनै पर्छ।’ ओलीले नगरसभाका पदाधिकारीहरुलाई आफ्नो नीति तथा कार्यक्रममा युएनको दीगो विकासका लक्ष्यका रुपमा रहेका पाँच स्तम्भलाई आधार मान्न पनि सुझाव दिए। ‘राजधानीले नेतृत्व गर्नुपर्छ, नमूना बनाएर काम गर्नुस्,’ उनको निर्देशन थियो। दिमाग फोहर छ, जाँड खाएर ढलेको छ भने बाटो चौडा भएर केही नहुने उनको तर्क थियो।
Comments
अरु समाचार
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...
-
गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको अग्रता
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता लिएका छन् । इस्मा...
-
सर्लाही ४ मा गगन पछाडि, अमरेशको तेब्बर फराकिलो अग्रता
काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई प्रारम्भिक धक्का लागेको छ। सार्वजनिक परिणामअनुसार थापालाई राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं क्षेत्र नं १ मा रञ्जु दर्शनाको जित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार...











