कतारमाथि प्रतिबन्धले कुनै असर गरेन्, उल्टो साउदीको दाउमा पर्दै
दोहा, कतार, १ साउन । साउदी अरबले कतारमाथि आतंकवादी संगठनलाई बढावा दिएको आरोप लगाउँदै सबै कुटनीतिक सम्बन्ध समाप्त गरेको छ । तर, कतारमाथि भने यसको खासै धेरै असर परिरहेको देखिएको छैन । साउदी अरबसँगै युएई, बहराइन र इजिप्टले पनि कतारसँग कुटनीतिक सम्बन्ध ताडेका थिए । त्यसपछि यमन, लिविया र मालदिभ्सले पनि कतारसँग दुरी बनाएको थियो ।
साउदी अरबले कतारमाथि १२ शर्त मान्नका लागि भनेको थियो, जसमा आतंकी संगठनसँग सम्बन्ध समाप्त गर्नदेखि अल–जजिरा टिभी बन्द गर्नसम्मका शर्तहरु थिए । यद्यपि, कतारले कुनै पनि शर्त मान्न अस्वीकार गर्दै उसले आफूलाई आवश्यक वस्तु इरान र टर्कीबाट आयात गर्न शुरु गरेको थियो । जुन उद्देश्यका साथ अरब राष्ट्रहरुले कतारसँग सम्बन्ध विच्छेद गरेका थिए, त्यसको असर ठीक उल्टो देखिन थालेको विश्लेषकहरुको भनाई छ ।
इरान र टर्कीको साथ
कतारका २७ लाख जनताका लागि धेरैजसो जरुरी सामान आयतमा निर्भर छ । त्यहाँ ४० प्रतिशत खाध्य सामग्री साउदी अरबको सीमाबाट आउने गरेको थियो । तर, साउदीले सम्बन्ध विच्छेद गरेपछि टर्की र इरान कतारको सहयोगका लागि अघि बढेको छ । यसको कारण भनेको कतारसँग व्यापारबाट इरानलाई फाइदा हुनु र दोहा र तेहरानबीच कुटनीतिक सम्बन्ध राम्रो नहुनुलाई मानिन्छ ।
कतारका जर्जटाउन विश्वविद्यालयका प्रोफेसर रोरी मिलरका अनुसार कतारमाथि लगाइएको प्रतिबन्ध पुरै विफल बनेको छ । साउदी अरब र युएईले जुन गठबन्धन बनाएर खाडी क्षेत्रमा आफ्नो एकाधिकार बनाउने प्रयास गरेका थिए, त्यसमा उनीहरु असफल भएका छन् । ठीक उल्टो टर्कीले कतारसँग आफ्नो सम्बन्ध झन् बलियो बनाएको छ ।
स्थिति बढाई चढाई गरियो
यता, लण्डनको रोयल इन्टिच्युड अफ इन्टरनेसल अफेयर्समा अरब प्रायद्वीपका विशेषज्ञ पीटर सेलिसबरी भने पछिल्लो समय त्यहाँको स्थितिलाई बढाई–चढाई गरेर देखाइएको बताउँछन् । उनका अनुसार साउदीलाई आफ्नो योजनामा सोचेअनुसारको सफलता नमिले पनि कतार र इरान धेरै नजिक आए भन्ने कुरा पूर्ण सत्य होइन ।
कतार र इरानबीच जहिले पनि अविश्वासको वातावरण रहँदै आएको छ । यतिबेला इरानले एउटै मात्रै कारणले कतारलाई खाद्य सामग्री पठाइरहेको छ, त्यो हो खाडी क्षेत्रमा साउदी अरबको स्थितिलाई कमजोर बनाउनु ।
आतंकी संगठनमाथि लगाम
कतारमाथि तेर्साइएको एउटा प्रमुख शर्त हो मुस्लिम ब्रदरहुड, हमासलगायत अन्य इस्लामिक संगठन र इरानद्वारा समर्थित सैन्य संगठनहरुसँग सम्बन्ध तोड्नुपर्ने । रोरी मिलरका अनुसार कतारले आफ्नो स्वतन्त्रता र सम्प्रभूता बचाउन यी संगठनविरुद्ध धेरै कठोर कदम चाल्न सक्दैन । अमेरिका र कतारबीच हालै भएको आतंकवाद विरोधी सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने उनी बताउँछन् ।
दोस्रो योजनाको कमी
साउदी अरब, बहाराइन, इजिप्ट र युएईले उचित समयमा नयाँ कदम चाल्ने बताएका छन् । यद्यपि, मिलरको भनाई छ कि साउदी अरब गठबन्धनसँग कतारबारे कुनै प्लान बी छैन ।
तेलको माग
सेलिसबरीका अनुसार साउदी अरब र उनका साहयोगी राष्ट्रहरु कतारमाथि जारी प्रतिबन्धलाई निरन्तरता दिएर उसलाई आर्थिक रुपमा कमजोर बनाउने सोचिरहेका छन् । उता कतार आफ्नो प्राकृतिक तेल भण्डारलाई निर्यात गरेर आफ्नो जरुरत पूरा गरिरहेको छ । सेलिसबरीका अनुसार जबसम्म ग्यासको माग र त्यसको मूल्य बढिरहन्छ, कतारले आफ्नो मागहरु पूरा गर्न सक्नेछ । जसले गर्दा उसमाथि लगाएको प्रतिबन्ध पूर्ण रुपमा सफल हुनसक्दैन ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












