कतारमाथि प्रतिबन्धले कुनै असर गरेन्, उल्टो साउदीको दाउमा पर्दै
दोहा, कतार, १ साउन । साउदी अरबले कतारमाथि आतंकवादी संगठनलाई बढावा दिएको आरोप लगाउँदै सबै कुटनीतिक सम्बन्ध समाप्त गरेको छ । तर, कतारमाथि भने यसको खासै धेरै असर परिरहेको देखिएको छैन । साउदी अरबसँगै युएई, बहराइन र इजिप्टले पनि कतारसँग कुटनीतिक सम्बन्ध ताडेका थिए । त्यसपछि यमन, लिविया र मालदिभ्सले पनि कतारसँग दुरी बनाएको थियो ।
साउदी अरबले कतारमाथि १२ शर्त मान्नका लागि भनेको थियो, जसमा आतंकी संगठनसँग सम्बन्ध समाप्त गर्नदेखि अल–जजिरा टिभी बन्द गर्नसम्मका शर्तहरु थिए । यद्यपि, कतारले कुनै पनि शर्त मान्न अस्वीकार गर्दै उसले आफूलाई आवश्यक वस्तु इरान र टर्कीबाट आयात गर्न शुरु गरेको थियो । जुन उद्देश्यका साथ अरब राष्ट्रहरुले कतारसँग सम्बन्ध विच्छेद गरेका थिए, त्यसको असर ठीक उल्टो देखिन थालेको विश्लेषकहरुको भनाई छ ।
इरान र टर्कीको साथ
कतारका २७ लाख जनताका लागि धेरैजसो जरुरी सामान आयतमा निर्भर छ । त्यहाँ ४० प्रतिशत खाध्य सामग्री साउदी अरबको सीमाबाट आउने गरेको थियो । तर, साउदीले सम्बन्ध विच्छेद गरेपछि टर्की र इरान कतारको सहयोगका लागि अघि बढेको छ । यसको कारण भनेको कतारसँग व्यापारबाट इरानलाई फाइदा हुनु र दोहा र तेहरानबीच कुटनीतिक सम्बन्ध राम्रो नहुनुलाई मानिन्छ ।
कतारका जर्जटाउन विश्वविद्यालयका प्रोफेसर रोरी मिलरका अनुसार कतारमाथि लगाइएको प्रतिबन्ध पुरै विफल बनेको छ । साउदी अरब र युएईले जुन गठबन्धन बनाएर खाडी क्षेत्रमा आफ्नो एकाधिकार बनाउने प्रयास गरेका थिए, त्यसमा उनीहरु असफल भएका छन् । ठीक उल्टो टर्कीले कतारसँग आफ्नो सम्बन्ध झन् बलियो बनाएको छ ।
स्थिति बढाई चढाई गरियो
यता, लण्डनको रोयल इन्टिच्युड अफ इन्टरनेसल अफेयर्समा अरब प्रायद्वीपका विशेषज्ञ पीटर सेलिसबरी भने पछिल्लो समय त्यहाँको स्थितिलाई बढाई–चढाई गरेर देखाइएको बताउँछन् । उनका अनुसार साउदीलाई आफ्नो योजनामा सोचेअनुसारको सफलता नमिले पनि कतार र इरान धेरै नजिक आए भन्ने कुरा पूर्ण सत्य होइन ।
कतार र इरानबीच जहिले पनि अविश्वासको वातावरण रहँदै आएको छ । यतिबेला इरानले एउटै मात्रै कारणले कतारलाई खाद्य सामग्री पठाइरहेको छ, त्यो हो खाडी क्षेत्रमा साउदी अरबको स्थितिलाई कमजोर बनाउनु ।
आतंकी संगठनमाथि लगाम
कतारमाथि तेर्साइएको एउटा प्रमुख शर्त हो मुस्लिम ब्रदरहुड, हमासलगायत अन्य इस्लामिक संगठन र इरानद्वारा समर्थित सैन्य संगठनहरुसँग सम्बन्ध तोड्नुपर्ने । रोरी मिलरका अनुसार कतारले आफ्नो स्वतन्त्रता र सम्प्रभूता बचाउन यी संगठनविरुद्ध धेरै कठोर कदम चाल्न सक्दैन । अमेरिका र कतारबीच हालै भएको आतंकवाद विरोधी सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने उनी बताउँछन् ।
दोस्रो योजनाको कमी
साउदी अरब, बहाराइन, इजिप्ट र युएईले उचित समयमा नयाँ कदम चाल्ने बताएका छन् । यद्यपि, मिलरको भनाई छ कि साउदी अरब गठबन्धनसँग कतारबारे कुनै प्लान बी छैन ।
तेलको माग
सेलिसबरीका अनुसार साउदी अरब र उनका साहयोगी राष्ट्रहरु कतारमाथि जारी प्रतिबन्धलाई निरन्तरता दिएर उसलाई आर्थिक रुपमा कमजोर बनाउने सोचिरहेका छन् । उता कतार आफ्नो प्राकृतिक तेल भण्डारलाई निर्यात गरेर आफ्नो जरुरत पूरा गरिरहेको छ । सेलिसबरीका अनुसार जबसम्म ग्यासको माग र त्यसको मूल्य बढिरहन्छ, कतारले आफ्नो मागहरु पूरा गर्न सक्नेछ । जसले गर्दा उसमाथि लगाएको प्रतिबन्ध पूर्ण रुपमा सफल हुनसक्दैन ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












