गोर्खाल्याण्ड आन्दोलनप्रति गम्भिर बन्न सरकारलाई भारतीय कम्युनिष्ट पार्टीको आग्रह
काठमाडौं, १ साउन । भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येंचुरीले केन्द्रीय गृहमन्त्री राजनाथ सिंहलाई पत्र लेखेका छन्। भारतको दार्जीलिङमा जारी आन्दोलनप्रति समर्थन जनाउँदै राजनाथ सिंहलाई पत्र लेखेका हुन् । पत्रमा येंचुरीले दार्जीलिङ पहाडको समस्या समाधान गर्न त्रिपक्षीय वार्ता गराउनुपर्ने माग गरेका छन्।
‘राज्य सरकारले पहाडमा आर्थिक नाकाबन्दी गरेको अनि औषधी–मूलो पनि पहाडमा जान नदिएर गम्भिर मानवअधिकार हनन् भइरहेको पनि जानकारी पाइएको छ’, उनले पत्रमा लेखेका छन,‘ केन्द्र सरकारले यथाशीघ्र त्रिपक्षीय वार्ता गरेर पहाडको अस्थिर स्थितिलाई साम्य बनाउने कार्य गर्नुपर्छ।’
उनले त्रिपक्षीय वार्ताबाट मात्रै समस्याको समाधान निकाल्न सकिने भन्दै केन्द्र सरकार यसमा गम्भिर बन्नुपर्नेमा जोड दिएका छन्। ‘त्रिपक्षी वार्ताबाट मात्रै पहाडको स्थिति साम्य बनाउन सकिन्छ’, येंचुरीले भनेका छन,‘ तर पनि केन्द्र सरकारको तर्फबाट वार्ताको कुनै छाँटकाँट देखिएको छैन्।’ लामो समय देखि दार्जीलिङमा संकट जारी रहँदा पनि केन्द्र सरकारले कुनै पहल नगरेको भन्दै आक्रोस बढ्न थालेको छ।
पश्चिम बंगाल सरकारले स्कुलहरुमा बंगाली भाषा अनिर्वाय बनाए पछि त्यसको विरोधमा करिब एक महिना देखि दार्जीलिङ बन्द छ । उक्त संकटलाई लिएर केन्द्र सरकारले अहिलेसम्म पनि वार्तामा नबोलाए पछि गोर्खाल्याण्ड मूभमेन्ट को–अर्डिनेशन कमिटिका घटक दलहरुमा पनि आक्रोस देखिएको छ। आन्दोलनमा अहिलेसम्म ७ जनाको ज्यान गइसकेको छ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












