आयल निगमले एक अर्ब ६१ करोडको जग्गा खरिद गर्दा ६७ करोड घोटाला
काठमाडौं, २ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं रुपैयाँ अनियमितता भएको छ । जग्गा दलालसँगको मिलेमतोमा चल्ती भाउभन्दा दोब्बर बढी मूल्य तिरेर निगमले जग्गा किनेको हो । निगमले करिब एक अर्ब ६१ करोड रुपैयाँको जग्गा खरिद गर्दा चल्ती मूल्यभन्दा ६७ करोड रुपैयाँ धेरै तिरेर घोटाला गरेको हो ।
निगमले सातै प्रदेशमा इन्धन भण्डारण स्थल बनाउन करिब ६ अर्ब रुपैयाँ बजेट बिनियोजन गरेर जग्गा खरिद अघि बढाएको छ । तीमधइे भैरहवा, चितवन, सर्लाही र झापामा करिब एक अर्ब ६१ करोड रुपैयाँको जग्गा किनिसकिएको आजको नागरिक दैनिकमा खबर छ ।
संसद्को उद्योग वाणिज्य तथा उपभोक्त हित सम्बन्ध समितिले सरकारी स्वामित्वको निगमलाई पूर्वाधार तयार गर्दा सकेसम्म सरकारी जग्गा नै खोज्न निर्देशन दिए पनि उसले धमाधम निजी जग्गा किनिरहेको छ ।
Comments
अरु समाचार
-
प्रेसमाथि अङ्कुश लाग्ने कानुन बन्न नदिने सभामुखको प्रतिबद्धता
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रेसमाथि अङ्कुश लगाउने कानुन बन्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित...
-
कैलालीमा तीन लाख २४ हजार मेट्रिकटन धान उत्पादन
काठमाडौं । कैलालीमा यस वर्ष तीन लाख २४ हजार आठ सय ८४ मेट्रिकटन बर्खे धान उत्पादन भएको छ । जिल्लास्थित...
-
चीनबाट एक खर्ब २४ अर्बका मालसामान आयात
काठमाडौं । नेपालको उत्तरी नाका रसुवागढीबाट चालु आवको साउनदेखि मङ्सिर मसान्तसम्मको पाँच महिनाको अवधिमा आयात भएका मालसमानको मूल्य सार्वजनिक गरिएको...
-
चाँदीको मूल्य बढ्दा, सुनको स्थिर
काठमाडौं । आज मंगलबार नेपाली बजारमा चाँदीको मूल्य बढेको छ । त्यस्तै आज सुनको मूल्यमा परिवर्तन देखिएको छैन। चाँदीको मूल्यमा...
-
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
काठमाडौं । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका...
-
सिरहा भन्सारद्वारा लक्षभन्दा बढी राजस्व सङ्कलन
काठमाडौं । सिरहा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिमा लक्ष्यभन्दा बढी राजस्व गरेको छ । सो...
-
नेप्से परिसूचक २८ दशमलव ९१ अङ्कले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अङ्क अर्थात् एक दशमलव ११ प्रतिशतले बढेर दुई हजार छसय...
-
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
काठमाडौं । उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले परीक्षण उत्पादन सफल भएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र...
-
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक...