एनसेललाई विप्लव माओवादीको कडा चेतावनी, ‘कर नतिरे फेरी भौतिक हमला गर्छौ’
काठमाडौं, २ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एनसेलले कर नतिरे कारबाही गर्ने चेतावनी दिएको छ । नीजि क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपाललाई तिर्नुपर्ने पुँजीगत लाभकर नतिरे कारबाही गर्ने चेतावनी दिएको हो । जनतासँग पैसा उठाएर राज्यलाई तिर्नुपर्ने सबै कर नतिरेर राज्य र जनतालाई ठगी गर्ने र ढाँटने गरेको भन्दै कारवाही गर्ने नेकपाका पोलिट ब्यूरो सदस्य ओमप्रकाश पुनले चेतावनी दिए ।
एनसेलले सबै कर नतिरे कडा कारवाही गर्ने चेतावनी दिएका हुन् । एनसेललाई सबै कर तिर्न चौतर्फी दबाब बढिरहेको बेला भूमिगजन्य गतिविधि गरिरहेको नेकपा नेताको यस्तो चेतावनी आएको हो । ‘जनताको पैसा खाएर राज्यलाई नतिर्ने एनसेललाई पार्टीको नेतृत्वमा जनताले गत वर्ष कारवाही गरेपछि थोरै अर्ब रुपैयाँ मात्र कर तिरेर एनसेलले सहमतिअनुसार सबै कर चुक्ता गर्न आटेर गरिरहेको छ, यो राम्रो गर्ने संकेत होइन’ नेता पुनले भने ।
सबै कर तुरुन्त तिर्न एनसेसँग आग्रह गर्दै आलटाल गरेमा जनताले छिट्टै कारवाही गर्ने बताए । सरकारले नै कर तिर्न नभनेकोले नतिरेको भन्ने एनसेल प्रतिनिधि टोलीको भनाईको स्मरण समेत उनले गरे । ‘कर नतिर्नुमा सरकारलाइ दोषी देखाइरहेको छ’ नेता पुनले भने ।
सत्ता रुढ दलका नेताहरु नै नियमित रुपमा पैसा लिइरहेको हुनाले सरकारले कर तिराउन ताकेता गर्न छाडेको भन्दै कमिसन खाने दल र तिनका नेतालाई पनि जनताले कारवाहीको सूचीमा राखेको बताए । तर के कस्तो खालको कारवाही हुन्छ भन्नेबारे चाहिं नेता पुनले खुलस्त बताउन चाहेनन् । यसअघिको कारवाहीमा एनसेलको देशभरका टावरमाथि आक्रमण गरेको थियो ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...












