भोलीसम्म सरकार विस्तार हुन सक्ने, राप्रपा र फोरम तत्काल सरकारमा नजाने
काठमाडौं, ३ असार । सत्तारुढ कांग्रेस र माओवादी केन्द्र सरकार विस्तारमा ढिलाइ नगर्ने सहमतिमा पुगेका छन् । मन्त्री सिफारिसका लागि बनेको दुईदलीय कार्यदलबीच एक–दुई दिनभित्रै सरकार विस्तार गर्ने सहमति भएको छ । ‘कार्यदलमा सकारात्मक कुराकानी भएको छ,’ कार्यदलका कांग्रेस सदस्य रमेश लेखकले भने, ‘अब मंगलबार नै मन्त्रीको टुंगो लगाएर बुधबारसम्म सरकार विस्तार गर्न सकिन्छ भन्ने सहमतिमा पुगेका छौँ ।’
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सोमबार बिहान कांग्रेस नेता विमलेन्द्र निधिले भेटेपछि बेलुका दुईदलीय कार्यदलको बैठक सिंहदरबारमा बसेको थियो । सोही बैठकले टुंगो लाग्न बाँकी मन्त्रालयमा दलीय भागबन्डा मंगलबार नै मिलाएर बुधबारसम्म सरकार विस्तार गर्नेमा सहमति जनाएको नेता लेखकको भनाइ छ । उनका अनुसार मंगलबार बिहानैबाट कार्यदलको बैठक बस्ने र दिउँसोसम्म मन्त्रालय बाँडफाँड गर्नेछन् । त्यसपछि दलका भागमा परेका मन्त्रालयमा पार्टीहरूले मन्त्री टुंगो लगाउनेछन् ।
माओवादी प्रवक्ता पम्फा भुसालले पनि ढिलोमा बुधबार सरकार विस्तार हुने बताइन् । ‘हाम्रो दलमा समस्या छैन । अब कांग्रेसभित्रको समस्या मिलेपछि दुई दिनमा विस्तार हुन्छ,’ उनले भनिन्, ‘सके मंगलबार नै नभए अब ढिलोमा बुधबार सरकार विस्तार गर्छौं ।’
प्रचण्डसँग निधिको छलफल
माओवादी अध्यक्ष प्रचण्डसँग कांग्रेस नेता विमलेन्द्र निधिले भेट गरेका छन् । प्रचण्ड स्वदेश फर्किएपछि सोमबार बिहान लाजिम्पाटमा भएको भेटमा दुई दिनभित्रै सरकार विस्तार गर्ने, संविधान संशोधन गर्ने, निर्वाचन क्षेत्र निर्धारण आयोग गठनसहितका विषयमा छलफल भएको हो । बिहीबारको मन्त्रिपरिषद् बैठकले क्षेत्र निर्धारण आयोग गठन गर्ने सहमति भएको जानकारी कांग्रेस नेता निधिले दिए ।
राप्रपा र फोरम तत्काल सहभागी नहुने
राप्रपा र संघीय समाजवादी फोरम तत्काल सरकारमा सहभागी हुने अवस्था छैन । राप्रपा फुटको सँघारमा पुगेको र फोरम स्थानीय तहको तेस्रो चरणको निर्वाचनअघि सरकारमा सहभागी नहुने भएको छ । यस्तोमा कांग्रेसले १२ र माओवादीले आठ मन्त्रालय लिने भएका छन् । राप्रपालाई दिने मन्त्रालय प्रधानमन्त्रीसँगै रहनेछन् । राप्रपालाई चार र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई तीनवटा मन्त्रालय दिने तयारी सत्तारुढ दुई दलको छ । लोकतान्त्रिक फोरम सरकारमा सहभागी भइसकेको छ ।
देउवा प्रधानमन्त्री बनेलगत्तै सात मन्त्री चयन गरे पनि अझै २३ मन्त्रालय मन्त्रीविहीन छन् । टुंगो लाग्न बाँकी मन्त्रालयमा सञ्चार, भौतिक पूर्वाधार, वन कांग्रेसले लिने र ऊर्जा, स्वास्थ्य माओवादीले लिनेमा करिब–करिब टुंगो लागेको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












