चुनावमा अन्तर्घात गरेको भन्दै बैतडीका १७ एमाले नेता कारबाहीमा
बैतडी, ३ साउन । नेकपा (एमाले) बैतडीले स्थानीय तहको निर्वाचनमा जिम्मेवार पदमा बसेर पार्टीलाई अन्तर्घात गर्ने १७ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । सोमबार राति सम्पन्न एमाले जिल्ला कमिटी बैतडीको १९ औँ पूर्ण बैठकले जिल्ला कमिटी सदस्य नरेन्द्र भट्ट, प्रकाश सावद, जानकी भाट, भगिरथ कुँवर, राजेश्वरी कुँवर, कृष्ण सावद, प्रदीप बोहरा सुबोध, दलबहादुर ऐर, नागी धानुक, तस्बिर बोहरालाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको जिल्ला सचिव लीलाधर भट्टले जानकारी दिए ।
यस्तै, पूर्व अञ्चल सल्लाहकार सदस्य नरबहादुर विष्ट, पूर्व जिल्ला उपसचिव मोहन बराल, जिल्ला सल्लाहकार शंकरसिंह भाट, पार्टी स्कूल विभाग सदस्य लोकराज भट्ट, अखिल नेपाल महिला सङ्घका जिल्ला कोषाध्यक्ष चन्द्रकला सावद, जिल्ला सदस्य उत्तरा अवस्थी र शिक्षक संगठन सहसचिव गणेश बोहरालार्ई समेत कारबाही गरिएको उनले बताए ।
बैठकले निर्वाचनको समीक्षा गर्दै जिम्मेवारीमा बसेर पार्टीलाई अन्तर्घात गर्नेहरुलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गर्ने र सोभन्दा तलसम्म पनि पार्टीविरुद्ध काम गर्ने नेता कार्यकर्ताको छानबिन गर्न प्रत्येक पालिका प्रमुखको अध्यक्षतामा बैठक बसाएर वडास्तरबाट निर्णय गरी साउन १५ गतेभित्र जिल्लामा पठाउने निर्णयसमेत गरेको छ ।
यसैबीच, बैठकले गोरखबहादुर चन्द (पञ्चेश्वर) र कर्णबहादुर कुँवर (पुरचौडी) लाई जिल्ला कमिटीमा मनोनयन गरेको छ । स्थानीय तह निर्वाचनमा एमालेलाई मतदान गर्ने मतदातालाई धन्यवादका साथै निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र पत्रकारलाई पनि धन्यवाद दिने निर्णय गरेको जनाएको छ । रासस
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












