महानगरमा चल्छ फोरजीः तर देशका १५ गाउँपालिका अझै टेलिफोनविहिन
काठमाडौं, ५ साउन । राजधानी काठमाडौं र पोखरामा चौथो पुस्ताको टेलिफोन सेवा (फोरजी) सञ्चालनमा आइसकेको छ । तर देशका १५ स्थानीय तह भने अझै टेलिफोन सेवाबाट समेत वञ्चित छन् । आजको नयाँ पत्रिकामा खबर छ । दूरसञ्चार प्राधिकरणका अनुसार बाजुराका पाँच, हुम्लाका तीन, दार्चुला, कालिकोट र जुम्लाका दुई–दुई तथा बझाङको एक गाउँपालिकामा अझै टेलिफोनको नेटवर्क पुगेको छैन । २४ गाउँपालिकामा पनि टेलिफोन सेवा आंशिक मात्रै पुगेको छ ।
सेवाप्रदायकले ग्राहक आधार उच्च भएका सहर–बजारमा नेटवर्क विस्तारलाई प्राथमिकतामा राख्दा विकट तथा ग्रामीण क्षेत्र उपेक्षामा परेका हुन् । नेपाल टेलिकम र एनसेलको थ्रिजी सेवा सबैजसो जिल्लामा पुगिसकेको छ । तर, विकट क्षेत्रमा भने टुजीको नेटवर्कसमेत छैन ।
प्रदेश नम्बर ६ र ७ का गाउँपालिकामा टेलिफोन सेवा न्यून
प्राधिकरणका अनुसार टेलिफोन नेटवर्क नपुगेका सबै स्थानीय तह प्रदेश नम्बर ६ र ७ अन्तर्गतका हुन् । ७ नम्बर प्रदेशका आठ तहमा टेलिफोनको नेटवर्क पुगेको छैन भने ९ तहमा आंशिक सेवा मात्रै छ । त्यस्तै, प्रदेश नम्बर ६ का सात तहमा नेटवर्क छैन भने आठ तहमा आंशिक सेवा मात्रै पुगेको छ । प्रदेश नम्बर ५ का तीन, प्रदेश नम्बर ३ र ४ का एक–एक स्थानीय तहमा समेत टेलिफोनको नेटवर्क आंशिक मात्रै पुगेको छ ।
प्रदेश नम्बर १ र २ का सबै तहमा टेलिफोन
प्रदेश नम्बर १ र २ का सबै स्थानीय तहमा टेलिफोन सेवा उपलब्ध रहेको प्राधिकरणले जनाएको छ । प्रदेश नम्बर १ मा १ सय ३७ र प्रदेश नम्बर २ मा १ सय २७ स्थानीय तह छन् ।
टेलिकम ११५ स्थानीय तहमा पुग्न बाँकी
दूरसञ्चार प्राधिकरणका अनुसार १ सय १५ स्थानीय तह अझै नेपाल टेलिकमको सेवाबाट वञ्चित छन् । टेलिकमले ७ सय ४४ स्थानीय तहमध्ये ६ सय २९ तहमा आफ्नो नेटवर्क विस्तार गरेर सेवा दिँदै आएको छ । ग्रामीण तथा विकट क्षेत्रमा पनि नेटवर्क विस्तारलाई प्राथमिकतामा राखेको टेलिकमले जनाएको छ ।
८३ तहमा छैन एनसेलको सेवा
निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल सेवाप्रादयक कम्पनी एनसेलको नेटवर्क पनि अझै ८३ स्थानीय तहमा पुग्न बाँकी छ । खासगरी विकट हिमाली जिल्लामा एनसेलले नेटवर्क विस्तार गरेको छैन । प्राधिकरणका अनुसार एनसेलले अहिलेसम्म ६ सय ६१ स्थानीय तहमा सेवा दिँदै आएको छ ।
Comments
अरु समाचार
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर...
-
पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो
काठमाडाैँ । मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५...
-
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय...
-
चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले...
-
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध
काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ ।...












