१० औं हजारौं टन हतियार बोकेर चिनियाँ सैनिक तिब्बततर्फ लाग्यो, भारतभर हंगामा मच्चियो
काठमाडौं, ६ साउन । चिनियाँ सेनाको एउटा समूह १० औँ हजार टन सैन्य हतियारसहित तिब्बती क्षेत्रमा प्रवेश गरेको छ । भारत र चीनबीचको डोकलाम सीमामा दुई देशबीच तनाब बढिरहेकै वेला ठूलो परिमाणमा हतियार बोकेको चिनियाँ सेना तिब्बत प्रवेश गरेको चिनियाँ जनसेनाको मुखपत्र पिएलएले जनाएको छ।
सेनाको वेस्टर्न थिएटर कमान्डले उत्तरी तिब्बतमा पर्ने कुनलुन पहाडतर्फ ठूलो परिमाणमा हतियार ओसारेको सो सञ्चार माध्यमले जनाएको छ । वेस्र्टन थिएटर कमान्डले सिन्जियाङ र तिब्बतको अशान्त क्षेत्र र भारतसँगको सीमा डिल गर्छ । दुई साताअघि ती हतियार सडक र रेलमार्ग हुँदै सो क्षेत्रमा ओसारिएको जनाइएको छ ।
हतियार ल्याइएको क्षेत्र चीनका लागि रणनीतिक महत्वको क्षेत्र बताइन्छ । पछिल्ला साता चीनबाट प्रकाशित हुने विभिन्न सञ्चार माध्यहरूले भारतलाई बारम्बार चेतावनी दिँदै आएका छन् । भारतीय सेना सीमाबाट नफर्किएमा भारतले अप्रिय परिणामको सामना गर्नुपर्ने चेतावनी चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्स र सिन्ह्वाले दिँदै आएका छन् ।
एक साताअघि मात्र जनसेनाको एउटा समूहले तिब्बती क्षेत्रमा विशाल सैन्य अभ्यास गरेको थियो । सो अभ्यास पछिल्लो वर्षयताकै सबैभन्दा ठूलो भएको चिनियाँ सञ्चार माध्यहरूले जनाएका छन् । चीन र भारतका सेना सीमावर्ती क्षेत्र डोकलाममा आमनेसामने भइरहेका वेला जनसेनाको अभ्यासलाई अर्थपूर्ण रूपमा लिइएको छ । चीनको पछिल्लो कदमले भारत थप सतर्क र चनाखो बनेको छ ।
यसैबीच भारतीय सेनाको एउटा समूहले सीमा क्षेत्रमा टेन्ट टाँगेर २४ सै घन्टा निगरानी बढाएको छ । चिनियाँ सेनाले आफ्ना गतिविधि नरोकेसम्म भारतीय सेना पछाडि नहट्ने सेनाका अधिकारीहरूले बताएका छन् । १० हजार फिटको उचाइमा सिक्किमको सीमामा परिचालन गरिएका सेनालाई नियमित रूपमा खाद्यान्न र बन्दोबस्तीका सामग्री पठाइएको भारतीय अधिकारीहरूले बताएका छन् । बन्दोबस्तीका सामग्रीसहित सेना परिचालनले नयाँदिल्ली बेइजिङसँग नझुक्ने संकेत गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












