पत्रकार महासंघमा को–को भिड्दै, यस्तो छ संगठनहरुबीचको तालमेल
काठमाडौ, ६ साउन । आउँदो भदौ ४ र ५ गते हुने नेपाल पत्रकार महासंघ केन्द्रका लागि सम्भावित उम्मेदवारहरु तयारीमा जुटेका छन् । महासंघमा मुख्यतः वामपन्थी एलाइन्स र प्रेस युनियनका उम्मेदवारहरुबीचमै प्रतिष्पर्धा हुँदैछ । यो पटक पनि एमाले र माओवादी केन्द्रनिकट पत्रकार संगठनहरु मिल्ने सम्भावना रहेको नेताहरुले बताएका छन् । स्थानीय तह चुनावले ३ पटक सारेको यो चुनावलाई निकै महत्वका रुपमा हेरिएको छ ।
महाधिवेशन मिति नजिक आएसँगै उम्मेदवारहरुको चर्चा सुरु हुन थालेको छ । यसपटक पनि वामपन्थी एलाइन्स कायम भए अध्यक्षका प्रवल दावेदारमा गोविन्द आचार्य वा ओम शर्मा मध्ये एक हुनेछन् । उनीहरु दुवै माओवादी केन्द्रको भातृ संगठन प्रेस सेन्टरका नेता हुन् ।
आचार्य महासंघका पूर्व उपाध्यक्ष र शर्मा पूर्व महासचिव हुन् । केही गरी सेन्टरले प्रेस युनियनसँग तालमेल गरेमा चौतारीबाट कसले अध्यक्षमा उम्मेदवारी दिने भन्नेमा बहस सुरु हुँदैछ । त्यो अवस्थामा बरिष्ठ पत्रकार तीर्थ कोइराला वा चौतारीकै निवर्तमान अध्यक्षहरु गगन विष्ट र राजेन्द्र अर्यालमध्ये एकले टिकट पाउने चर्चा छ । संचारिका समूहकी अध्यक्ष निर्मला शर्माको नाम पनि चर्चामा छ ।
तर यो पटक सेन्टरले नेतृत्व छाडेर युनियनसँग सांठगांठ गर्ने सम्भावना कमै छ । त्यो अवस्थामा चौतारीले कान्तिपुरका पत्रकार बालकृष्ण बस्नेतको नेतृत्वमा आफ्नो टीम चुनावी मैदानमा पठाउने सम्भावना छ । महासंघका पूर्व केन्द्रीय सदस्य बस्नेत गत महाधिवेशनमा गठबन्धनका तर्फबाट विप्लब माओवादीका उम्मेदवार प्रभात चलाउनेसँग सचिब पदमा स्वतन्त्र प्रतिष्पर्धा गरेका थिए । एक्लै उठ्लाँ पनि उनले ३ सय ६० मत पाएका थिए । उनीभन्दा ५० मत मात्र बढी ल्याई चलाउने विजयी बनेका थिए ।
यसबीचमा एमाले प्रचार विभाग र चौतारीले सेन्टरसँगको वार्तालाई सघन बनाएको छ । प्रचार विभाग प्रमुख योगेश भट्टराईले पहिलो चरणको छलफल चलाउन निर्देशनसहित जिम्मेवारी दिएका छन् । विभागका उपप्रमुख सुर्य थापा, सदस्य प्रमोद दाहाल, चौतारीका अध्यक्ष गणेश बस्नेत, बरिष्ठ उपाध्यक्ष माधव नेपालसहित उक्त संयन्त्रमा छन् ।
एलाइन्स र उम्मेदवारका विषयमा मंगलबार र बुधवार चरणबद्ध छलफल भएको बुझिएको छ । अध्यक्ष सेन्टरलाई समर्थन गरेको अवस्थामा महासचिव, कोषाध्यक्षसहितका प्राय सबै पदाधिकारी पद चौतारीले पाउनेछ । केही साना घटकलाई समेत समावेश गर्ने तयारी समेत रहेको एमाले प्रचार विभागका एक सदस्यले जानकारी दिए ।
चौतारीका अन्य सम्भावित उम्मेदवारहरुमा दिपक पाण्डे, मात्रिका पौडेल, ध्रुव लम्साल, सिद्धराज राई, महेश दास, गोविन्द चौलागाई, रामहरि सिलवाललगायत छन् । महासंघमा यसपटक कार्यसमितिमा रहेका पत्रकारलाई नदोहो¥याउन दवाव परेको बुझिएको छ ।
युनियनबाट भने सभापतिमा यो पटक पनि पोषण केसीकै नाम अग्रपंक्तिमा छ । उनी यसअघि महेन्द्र विष्ट र त्यो अघि शिव गाउलेसँग पराजित उम्मेदवार हुन् । अध्यक्षमै समिरजंग शाह र विपुल पोखरेलको नाम पनि आएको छ । त्यसो त कान्तिपुरका पत्रकार हरिबहादुर थापालाई अध्यक्षको मैदानमा ल्याउन युनियनका केही पदाधिकारी लागेका छन् । तर, थापाले अस्वीकार गरेको बुझिएको छ । अन्य पदमा भने युनियनले रामप्रसाद दाहाल, दिलिप थापामगर, प्रकास थापा, राजेश मिश्र, दिपक आचार्यसहितलाई अघि बढाउने तयारी गरेको छ ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...












