सांसद र चिकित्सकबीच आरोप प्रत्यारोप, आफूतिर नहेरी अर्कातिर मात्र औला उठाउन मिल्छ ?
काठमाडौं, ८ साउन । “बल्लतल्ल चिकित्सा शिक्षा अध्ययन गरेर लोकसेवामा नाम निकाल्ने, सरकारी जागिर भइसकेपछि आफ्नो क्लिनिक खोल्ने अनि क्लिनिक कसरी राम्रो बनाउने र कमाउनेतर्फ लाग्ने ? आफूतिर नहेरी अर्कातिर मात्र औला उठाउन मिल्छ ?”
शनिबार स्वयम्भूस्थित मनमोहन मेडिकल कलेज तथा शिक्षण अस्पतालमा चिकित्सकहरूको संस्था ‘फिजिसियन फर सोसियल रेस्पोन्सबिलिटी’ नेपालले आयोजना गरेको ‘स्वास्थ्यमा लगानीः सामाजिक न्याय र समानता’ विषयक अन्तरक्रिया कार्यक्रममा संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिकी सभापति रञ्जुकुमारी झा. डाक्टरहरूमाथि यसरी खनिइन्।
उनले अरू थपिन्, “सरकारी अस्पताललगायत सरकारी स्वास्थ्य संस्था धराशयी बन्नुमा डाक्टरहरूको ठूलो हात छ। सरकारी मात्र होइन, डाक्टरहरू डिग्री पास गरिसकेपछि जुनसुकै चिकित्सकको ध्यान पैसा कमाउन र क्लिनिक कसरी बनाउने, बिरामी कसरी तान्नेतर्फमा मात्र केन्द्रित रहन्छ। ”
त्यसपछि डाक्टरहरू नै एकआपसमा मुखामुख गर्न थालेका थिए। सायद चिकित्सकहरूले बोल्ने क्रममा राजनीतिक दल तथा ६०१ जना सांसदको उछितो नकाढेको भए झा यसरी चिकित्सकहरूमाथि आक्रोशित भएर खनिनुहुन्न थियो होला। कार्यक्रममा अधिकांश चिकित्सकले ६०१ जना सांसदलगायत नेता तथा राजनीतिज्ञकै कारण देश आर्थिक विकास तथा समृद्धिमा जान नसकेको आरोप लगाए।
चिकित्सकहरूले ६०१ जना सांसदलाई देश बिगारेको, कुनै पनि विषयमा व्यवस्थापन गर्न नसकेको, देश बनाउनभन्दा बिगार्नमा नेताको हात रहेको भन्दै सांसदहरूप्रति आक्रोश व्यक्त गरेपछि सभापति झाले त्यसमा चिकित्सक पनि उत्तिकै दोषी रहेको आरोप लगाइन्। चिकित्सकहरूले स्वास्थ्य क्षेत्र मात्र सुधार गरे राजनीतिक क्षेत्र स्वतः सुधार हुने बताइन्।
सभापति झाले चिकित्सकजस्तो बुद्धिजीवी क्षेत्रबाट राजनीतिक क्षेत्रलाई घृणित रूपमा हेरिनु दुःखद भएको भन्दै सामान्य जनताले राजनीतिलाई हेर्ने दृष्टिकोणसमेत राम्रो नरहेको बताइन्। अरूलाई गाली गर्दा आफ्नो क्षेत्र कस्तो छ भन्नेतर्फ पनि बुझ्नुपर्ने भन्दै सांसद झाले स्वास्थ्य क्षेत्रमा चिकित्सकले केही गर्नुपर्छ भनेर लागे नेपालको स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्न सकिने बताइन्।
चालीस लाख रुपियाँ खर्च गरेर डाक्टर बनेकैले उक्त रकम उठाउन चिकित्सकले आफ्नो मर्यादा बिर्सेर कमाउनेतर्फ लाग्दा चिकित्सा पेसामा विश्वास हुन छाडेको झाले बताइन्। सबैलाई एउटै डालोमा हालेर हेर्न नमिल्ने उनले बताइन्। आजको गोरखापत्र दैनिकमा खबर छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












