ठूला मिडिया समूहको दवावपछि फेसबुकमा समाचार पढ्दा पैसा तिर्नुपर्ने व्यवस्था गरिँदै

काठमाडौं, ८ साउन । अब फेसबुकमा समाचार पढ्दा पनि पैसा तिर्नुपर्ने भएको छ । अहिलेसम्म फेसबुकमा सेयर भएका समाचारहरु पढ्दा कुनै शुल्क लाग्दैनथ्यो । फेसबुकले सित्तैमा पढ्न पाइने आलेखहरुको सीमा तय गर्ने तयारी गरिरहेको अमेरिकी मिडियाहरुले जनाएका छन् । यसका लागि फेसबुकले छिटै नै परीक्षण सुरुवात गर्नेछ । यो सँगै एक निश्चित सीमा भन्दा धेरै समाचार तथा आलेख फेसबुकमा पढ्नका लागि पैसा तिर्नुपर्नेछ ।
समाचार प्रकाशक तथा मिडिया समूहहरुको गुनासोपछि फेसबुकले यस्तो व्यवस्था गर्न लागेको हो । समाचार फेसबुकमा सित्तैमा शेयर हुँदा उनीहरुको आम्दानीमा भारी नोक्सान भइरहेको भन्दै मिडिया समूहहरुले गुनासो गरेपछि फेसबुकले उनीहरुको गुनासो सम्बोधन गर्न यस्तो व्यवस्था गर्न लागेको हो । द स्ट्रीट पत्रिकाका अनुसार फेसबुक एक पे वाल अर्थात् सशुल्क वालका बारेमा काम गरिरहेको छ ।
त्यसको मद्दतले अब जो सँग फेसबुकको सम्झौता हुन्छ उ मात्रैले त्यहाँ केही पोष्ट गर्न पाउनेछ । यो सर्भिस दुई वर्ष पहिले गुगलको एएमपीलाई टक्कर दिनका लागि सुरु गरिएको थियो । एएमी सर्भिस निश्चित मिडिया समूहका समाचारहरु मोबाइल ब्राउजिङका लागि अप्टिमाइज गर्ने गुगलको एक सर्भिस हो । फेसबुकको न्यूज पार्टनरसिपका प्रमुख क्याम्पबेल ब्राउनले भनेका छन्, ‘प्रकाशकहरुको यो समस्याप्रति फेसबुकले काम गरिरहेको छ ।’ तर ठ्याक्कै के काम गरिरहेको भन्ने चाहीँ उनले खुलाएनन् ।
मिडिया रिपोर्ट अनुसार आगामी अक्टोबरमा फेसबुकले यो फिचरको परीक्षण सुरु गर्नेछ । जस अनुसार फेसबुकमा सित्तैमा पढ्न पाइने स्टोरेजको संख्या १० सम्ममा सीमित गरिनेछ । १० भन्दा धेरै न्यूज स्टोरिज पढ्ने खोज्ने पाठकलाई फेसबुकले सम्बन्धित प्रकाशकको होमपेजमा पठाउनेछ र त्यहाँ पाठकले पढ्न चाहेको आलेख वा समाचार सब्सक्राइब गर्नुपर्नेछ ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












