के तपाई कसैलाई दुःख दिने नियतले मुद्दा दर्ता गर्दै हुनुहुन्छ ? नगर्नुहोस्, क्षतिपूर्ति तिर्नुपर्ला’
काठमाडौं, १० साउन । के तपाईले कसैलाई अनावश्यक दुःख दिने नियतले मुद्धा दर्ता गराउँदै हुनुहुन्छ ? सावधान तपाईले नै क्षतिपूर्ति तिर्नुपर्ला । अनावश्यक र झुट्टा मुद्दा सिर्जना गरी पक्षहरुलाई अनावश्यक दुःख दिईरहनुभएको भए तपाई कारबाहीमा पर्न सक्नुहुन्छ। अनावश्यक दुःख दिने उदेश्यले मुद्दा दायर भएको ठहर भएमा अदालतले तपाईको अर्को पक्षलाई परेको आर्थिक भार तपाईबाटै असुल गर्न आदेश दिन सक्नेछ।
क्षतिपूर्तिसम्वनधी छुट्टै कानुनी व्यवस्था नभए पनि सर्वोच्च अदालतले नियमावलीले अदालतले क्षतिपूर्ति भराउन सक्ने व्यवस्था गरेको छ । सर्वोच्च अदालत नियमावली २०४९ खारेज गरी फुलकोर्टले सोमबार नयाँ नियमावली पारित गरेको छ।
कसैले मुद्दा दायर गरेका कारण अर्को पक्षको हानी भएको तथा थप आर्थिक भार पर्न गएमा मुद्दा दायर गर्ने पक्षबाट अदालतले क्षतिपूर्ति भराउन सक्ने व्यवस्था नियमावलीले गरेको छ। तर, अनावश्यक वा झुट्टा मुद्दा सिर्जना भएको ठहर हुनुपर्नेछ । नियमावलीले क्षतिपूर्ति भराउने व्यवस्था गरे पनि अहिलेसम्म क्षतिपूर्तिसम्वन्धी कानुनी व्यवस्था नभएकाले तत्काल सबै प्रकृतिका मुद्दामा क्षतिपूर्ति भराउने व्यवस्था कार्यान्वयनमा आउने छैन ।
नियमावलीले मुख्य रजिष्ट्रारलाई न्यायिक अधिकार पनि दिएको छ। पहिलो पटक व्यवस्था भएको मुख्य रजिष्ट्रारको भूमिका प्रशासनिक काम कारबाहीसहित अदालतबाट फैसला भएका मुद्दामा आदेशानुसार गरिपाउँ लगायतका फुटकर निवेदनमा स्वयंम आदेश गर्न सक्ने अधिकार दिएको छ ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...












