चीनले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकारसँग वार्ता नगर्ने
काठमाडौं, १० साउन । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारसँग चीनले वार्ता नगर्ने बताएको छ । भारत र चीनबीच सीमा क्षेत्रमा देखिएको तनाबका विषयमा चीनले यस्तो भनाई राखेको हो । चीनमा यसै साता ब्रिक्स मुलुकका राष्ट्रिय सुरक्षा सल्लाहकारहरुको बैठक हुँदैछ ।उक्त बैठकका क्रममा दुबै देशका सुरक्षा सल्लाहकारले छलफल गर्ने सम्भावना भारतीय संचारमाध्यमले प्रकट गरिरहे पनि चीनले त्यसलाई अस्वीकार गरेको हो ।
ब्रिक्स देशका राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठकमा भारतको प्रतिनिधित्व अजित डोभालले गर्दैछन् । २७ र २८ जुलाईमा हुने सो बैठकका क्रममा उनले चिनियाँ समकक्षीसँग छुट्टै वार्ता गर्ने जनाइए पनि चीनको सरकारी अखबार ‘ग्लोबल टाइम्स’ ले त्यस्तो वार्ताको सम्भावना नरहेको प्रष्ट पारेको छ ।
सो अखबारले आफ्नो सम्पादकीयमा भनेको छ, ‘भारतले आफ्नो भ्रम त्याग्नु पर्दछ । अजित डोभालको चीन भ्रमणका क्रममा दुई देशबीच जारी विवाद भारतको इच्छाअनुसार समाधान गर्ने सही मौका होइन । ब्रिक्स देशका राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठक नियमित रुपमा हुने एक सम्मेलन हो, जसको उद्देश्य ब्रिक्स सम्मेलनको तयारी गर्नु हो । यो मञ्च चीन–भारत सीमा विवाद सुल्झाउनका लागि होइन ।’
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












