अमेरिकाले रसिया समर्थित विद्रोहीबिरुद्ध लड्न युक्रेनमा हतियार पठाउने
काठमाडौं, १० साउन । अमेरिकाले युक्रेनमा रसिया समर्थित विद्रोहीबिरुद्ध लड्न हतियार दिने भएको छ । अमेरिकाका विशेष दूतले रसिया समर्थित विद्रोहीहरुविरुद्ध लड्न युक्रेनमा हतियार पठाउनेबारे वासिङटनले विचारविमर्श गरिरहेको बताएका छन् ।
बिबिसीसँग कुरा गर्दै कर्ट भोल्करले युक्रेनको सरकारलाई हतियार सहयोग गरे मोस्कोको रणनीति परिवर्तन हुने बताए । उनले यो कदम ‘उत्तेजक’ नहुने पनि तर्क गरे । गत हप्तामात्र अमेरिकी स्टेट डिपार्टमेन्टले दुवै पक्षलाई पूर्वी युक्रेनमा युद्धविरामका लागि आग्रह गरेको थियो ।
‘रक्षात्मक हतियार, जसले युक्रेनलाई आफ्नो रक्षा गर्न मद्दत गर्नेछ, पठाउनेबारेमा छलफल भइरहेको छ । यसले युक्रेनलाई धम्काइरहेको रसियालाई रोक्न मद्दत गर्नेछ,’ विविसीसँगको अन्तर्वार्तामा भोल्करले भने । उनले पूर्वी युक्रेनमा शान्ति स्थापनाका लागि रसियासँग नयाँ रणनीतिक संवाद आवश्यक रहेको पनि बताए ।
भोल्कर यसअघि नेटोका लागि अमेरिकाका प्रतिनिधि थिए । गत महिनामात्र उनलाई यो नयाँ भूमिका प्रदान गरिएको थियो । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०१४ को अप्रिलमा शुरु भएको द्वन्द्वका कारण हालसम्म १० हजारभन्दा बढीले ज्यान गुमाएका छन् भने १६ लाखभन्दा बढी विस्थापित बनेका छन् । सन् २०१५ को फेब्रुअरीमा युद्धविरामको सम्झौता भएपनि त्यो पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












