पुनर्निर्माणको समयसीमा तोकियो, भूकम्पपीडितले आगामी साउनसम्म आफ्नो घर बनाइसक्नुपर्ने
काठमाडौं, १३ साउन । अहिलेसम्म पहिचान भएका सबै भूकम्पपीडितले आगामी साउनसम्म आफ्नो घर बनाइसक्नुपर्ने भएको छ । भूकम्प गएको लामो समयसम्म पनि भूकम्पपीडित छानोमुनि बस्न बाध्य भईरहेका बेला सरकारले यस्तो नीति ल्याएको हो । भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण गर्न एक वर्षको समयसीमा तोक्दै सरकारले त्यसको लागि कार्ययोजना बनाएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो किस्ता बुझेर पनि निजी आवास निर्माणमा ढिलासुस्ती भएको निश्कर्ष निकाल्दै घर बनाइसक्ने गरी समयसीमा तोकेको हो । अब क्षतिग्रस्त ७ लाख ४७ हजार घर २०७५ को साउनसम्म बनाइसक्नुपर्नेछ । सरकारले अनुदान लिने समयसीमा निर्धारण गर्दै २०७५ असारभित्र तेस्रो किस्ता लिइसक्नुपर्ने गरी नियम बनाएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिले अबको कार्तिक मसान्तसम्म सबै लाभग्राहीसँग अनुदान सम्झौता गरेर पहिलो किस्ता दिइसक्ने निर्णय गरेको हो ।
लाभग्राहीको सूचीमा नपरेकाले पनि आफ्नो गुनासो स्थानीय तहमा राखेर कार्तिकसम्म अनिवार्य रुपमा पहिलो किस्ता लिइसक्नुपर्ने प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए । दोस्रो किस्ता लिन पनि प्राधिकरणले समयसीमा तोकेको छ । कार्तिकभित्र पहिलो किस्ता लिएकाहरुले पुस महासन्तसम्म दोस्रो किस्ता लिने गरी काम गर्नुपर्ने भएको छ । पहिलो किस्ताको अनुदान लिएर घरको जग राखेपछि दोस्रो किस्ता रकम पाइन्छ । दोस्रो किस्तामा पीडितले १ लाख ५० हजार रुपैयाँ पाउँछन् ।
त्यस्तै आगामी असारसम्म तेस्रो किस्ता रकम बुझिसक्नुपर्नेछ । घरको गाह्रो उठेपछि सरकारले छाना राख्नका लागि तेस्रो तथा अन्तिम किस्तावापत १ लाख रुपैयाँ दिने प्रवक्ता भुसालले जानकारी दिए । अहिलेसम्म देशभर ७ लाख ४९ हजार ७ सय ९६ भूकम्पपीडित पहिचान भएका छन् । यसमध्ये ६ लाख ३० हजार ४ सय ४९ परिवारले घर पुनर्निर्माणका लागि सम्झौता गरेका छन् ।
ययमध्ये पनि ५ लाख ९९ हजार ३ सय २४ पीडितले पहिलो किस्ता बापतको ५० हजार लिइसकेका छन् । यति धेरैले पहिलो किस्ता बुझेपनि जम्मा ५५ हजार ५५ जना पीडितले मात्रै घरको जग हालेर दोस्रो किस्ताको डेढ लाख बुझेका छन् । तेस्रो किस्ता लिनेको संख्या २ हजार ७ सय ३४ मात्रै छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












