एक सिट भए पनि बढी जित्ने कांग्रेसको रणनीति, कांग्रेसबाहेकसँग तालमेल गर्ने एमालेकोनिष्कर्ष
काठमाडौं, १५ साउन । कांग्रेसले आफ्नो नीति, नेतृत्व, संगठन र कार्यकर्ताको ‘अस्तित्वको लडाइँ’ का रूपमा आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लिने भएको छ । पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेभन्दा ५० स्थानीय तह कम जितेको कांग्रेसले तेस्रो चरणमा कम्तीमा एक सिट भए पनि बढी जित्नै पर्ने रणनीति अपनाउने स्रोतले जनाएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
आगामी असोज २ गते प्रदेश नम्बर २ का १२७ स्थानीय तहमा तेस्रो चरणको निर्वाचन हुँदैछ । अघिल्लो शनिबारदेखि तीन दिन बसेको केन्द्रीय कार्यसमिति बैठकमा पहिलो र दोस्रो चरणको निर्वाचनको समीक्षाका साथै तेस्रो चरणको निर्वाचनका लागि रणनीति तय गर्ने सम्बन्धमा छलफल भएको थियो ।
एमालेको योजना
तेस्रो चरणको स्थानीय तह निर्वाचनबाट पनि पहिलो पार्टी बन्ने आकांक्षा राखेको एमालेले मुख्य प्रतिस्पर्धी कांग्रेसबाहेक बाँकी सबै पार्टीसँग २ नम्बर प्रदेशमा चुनावी तालमेल गर्ने नीति लिएको छ । कांग्रेसले २ नम्बर प्रदेशमा पहिलो पार्टी बन्ने दाबी गरेपछि कांग्रेसलाई उछिन्न र पहिलो नम्बरमा यथावत रहन एमाले चुनावमा आक्रामक रुपमा प्रस्तुत हुने तयारीमा छ । एमाले नेताहरूले २ नम्बर प्रदेशमा पनि एमाले नै पहिलो पार्टी बन्ने दाबी गरिरहेका छन् ।
पहिलो र दोस्रो चरणको निर्वाचनबाट कांग्रेसभन्दा ५० सिटले अघि रहेको एमाले कुनै पनि स्थितिमा एक नम्बरको स्थान गुमाउन नहुने निष्कर्षमा छ । पहिलो र दोस्रो चरणबाट एमालेले २ सय ७६ स्थानमा प्रमुख/अध्यक्ष जितेको छ भने कांग्रेस २ सय २६ स्थानमा विजयी भएको छ । भरतपुर महानगरपालिकाको मतपरिणाम आउन बाँकी छ ।
‘कांग्रेस पहिलो हुनलाई २ नम्बरमा १ सय सिट जित्नुपर्छ भने एमाले शून्य हुनुपर्छ,’ एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘यस्तो हुनु असम्भव छ । एमालेलाई पहिलो हुनबाट कसैले पनि रोक्न सक्दैन ।’
http://news-nepal.com/598533/
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












