एमालेले १४ जिल्लाका जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखका उम्मेदवार टुंग्यायो
काठमाडौं, १५ साउन । एमालेले १४ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ । अध्यक्ष केपी ओली निवास बालकोटमा आइतबार बिहान बसेको स्थायी कमिटीको बैठकले पार्टी जिल्ला कमिटीको सिफारिस तथा प्रदेश संगठन कमिटीको सिफारिसका आधारमा प्रमुख उपप्रमुखको टुंगो लगाएको हो । बैठकमा अध्यक्ष ओलीले हालै चीनको तिब्बत र मानसरोबर भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टी तथा चिनियाँ सरकारका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा भएका विषयवस्तुका बारेमा बैठकलाई जानकारी गराएका थिए ।
रामेछापः प्रमुख-प्रेमबहादुर खड्का, उपप्रमुख-दीपा पाख्रिन, रसुवा: प्रमुख-कुलप्रसाद भट्ट, उपप्रमुख-छोपेमा तामाङ्नी, मकवानपुर: प्रमुख-रघुनाथ खुलाल, उपप्रमुख-भगवती पुडासैनी, भक्तपुर: प्रमुख-नवराज गेलाल, उपप्रमुख सरिता कुँवर, डोल्पा: प्रमुख-शेरबहादुर बुढा, सल्यान: उपप्रमुख-कुलबहादुर गिरी, कालिकोट: प्रमुख-प्रेमबहादुर शाही, उपप्रमुख-सरिता आचार्य, जाजरकोट: प्रमुख-गोरे कार्की, उपप्रमुख-कमलादेवी शाही, हुम्ला: उपप्रमुख-खगेन्द्र कार्की, सुर्खेत : प्रमुख-टोपबहादुर राजकोटी, उपप्रमुख- दीपा मल्ल, मुगु : प्रमुख-पुर्णबहादुर रोकाय, उपप्रमुख-कर्णशिला मल्ल, खोटाङ : प्रमुख-बबी चाम्लिङ, उपप्रमुख-गोमा खत्री, इलाम: प्रमुख-गणेश बराल, उपप्रमुख-चित्रकला बराइली, बझाङ : प्रमुख-खड्गबहादुर खड्का, उपप्रमुख-भागिरथी अवस्थी जोशी ।
काभ्रे जिल्लाको निम्ति सिफारिस भएका नामहरूमध्ये जिल्ला नेतृत्वसँग आवश्यक छलफल गरी पार्टी केन्द्रीय अध्यक्षसँग राय परामर्श गरी उम्मेदवारको टुंगो लगाउने जिम्मा प्रदेश नं. ३ का संयोजक अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको छ । कतिपय जिल्लाहरूमा विभिन्न पार्टीसँग तालमेल गर्नुपर्ने अवस्थामा उम्मेदवार हेरफेर गर्नुपरेमा प्रदेश संगठन कमिटीको नेतृत्वसँग राय परामर्श गरी पार्टी केन्द्रसँग पूर्व स्वीकृति लिई सम्बन्धित जिल्ला कमिटीले गर्न सक्ने एमालेले जनाएकाे छ ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...












