अमेरिकाले उत्तर कोरियाको परमाणु खसाल्न सक्ने मिसाइल परिक्षण गर्यो
काठमाडौं, १६ साउन । अमेरिकाले आफ्नो विवादित परमाणु विरोधी प्रणालीको सफलतापूर्वक परिक्षण गरेको छ । कोरियाली प्रायद्वीपमा बम खसाल्ने लडाकू विमान बी–१ ले पनि उडान भरेको अमेरिकाले जनाएको छ । अमेरिकाको यो सैन्य अभ्यासलाई उत्तर कोरियाको मिसाइल परिक्षणको सिधा जवाफको रुपमा हेरिएको छ ।
अमेरिकी वायुसेनाको तर्फबाट फायर गरिएको परमाणु अलास्कामा टर्मिनल हाइ एटीट्यूड एरिया डिफेन्स (थाड) को यूनिटले रोक्ने काम गर्यो । बीबीसीका अनुसार दक्षिण कोरिया र जापानी विमानसँग मिलेर अमेरिकाले बम खसाल्ने लडाकू विमान बी–१ सँग अभ्यास गर्यो ।
उत्तर कोरियाले शुक्रबार अन्तरमहाद्वीप ब्यालेस्ठिक मिसाइलको परिक्षण गरेको थियो जसबारे यो दाबी गरिएको थियो कि यसले पूरा अमेरिकालाई ध्वस्त पार्न सक्छ । उत्तर कोरियाले उक्त परिक्षणको ठिक तीन हप्ता पहिले पनि एक परमाणुको पहिलो पटक परिक्षण गरेको थियो ।
चीनले विरोध गरेतापनि अमेरिकी सेनाले दक्षिण कोरियामा मिसाइल डिफेन्स सिस्टम थाड तैनाथ गरेको थियो । यसको उद्देश्य उत्तर कोरियाको तर्फबाट फायर गरिएको परमाणुलाई निस्तेज पार्नु हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शनिबार उत्तर कोरियाको मिसाइल परिक्षणबारे चुप लागेर बसेको भन्दै चीनको आलोचना गरेको थियो ।
ट्रम्पले आफ्नो ट्वीटमा भनेका थिए, ‘म चीनसँग रिसाएको छु । अतितमा हाम्रा मुर्ख नेताका कारण चीनले हामीसँगको व्यापारमार्फत अर्बौं रकम कमाए । यति हुँदा हुँदै पनि मानिसहरु उत्तर कोरियाको हतियारको कार्यक्रममा चुप छन् । म अब यस्तो पक्कै पनि हुन दिनेछैन ।’ पूर्व कूटनीतिज्ञ र चीनियाँ सरकारका सल्लाहकार भिक्टर गाओले भने, ‘ट्रम्पको बयान बेकारको छ । अमेरिकाको व्यवहार एक रिसाएको बच्चाजस्तै छ ।’
चीन र उत्तर कोरियाको सीमा मिल्छ । दुबै देशबिच आर्थिक सम्बन्ध पनि छ । पूर्वमा चीनले उत्तर कोरियाको परमाणु परिक्षणको निन्दा गर्दै संयमता अपनाउन आग्रह गरेको थियो । यस्तोमा अमेरिकाको तर्फबाट गरिएको सैन्य अभ्यास उत्तर कोरियाको मिसाइल परिक्षणको सिधा जवाफ दिनको लागि गरिएको बुझिएको छ ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












