प्रधानमन्त्री देउवाको भारत भ्रमणमा ऊर्जालाई प्रमुख एजेन्डा बनाईने
काठमाडौं, १७ साउन । दुई देशबीच तीन वर्षअघि सम्पन्न विद्युत् व्यापार सम्झौताको मर्मअनुरूप नेपालमा उत्पादित ऊर्जालाई भारतीय बजारमा भेदभावरहित तवरले प्रवेश दिन नेपालले भारतसमक्ष आग्रह गर्ने भएको छ । भारतले गत वर्ष उसका देशका र उसले भनेका ऊर्जा व्यापार कम्पनीले मात्र बिजुली कारोबार गर्न पाउने निर्देशिका जारी गरेर नेपालको जलविद्युत्मा सम्भावित अन्य वैदेशिक लगानीलाई निषेध गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा यस्तो आग्रह गर्न लागिएको हो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणले छलफल गरी तय गरेको एजेन्डामा सीमापार विद्युत् व्यापार पहिलो नम्बरमा छ । ऊर्जाले परराष्ट्र मन्त्रालयका अधिकारीसित छलफल गरी देउवाको भारत भ्रमणमा समकक्षीसित गर्ने वार्ताका लागि ऊर्जा क्षेत्रका महत्वपूर्ण र रणनीतिक एजेन्डा तय गरेको हो।
नेपाल(भारतबीच सन् २०१३ को अक्टोबर २१ मा हस्ताक्षर भएको ‘इलेक्ट्रिक पावर ट्रेड, क्रस बोर्डर ट्रान्समिसन, इन्टरकनेक्सन एन्ड ग्रीड कनेक्टिभिटी’ (विद्युत् व्यापार सम्झौताका रूपमा चर्चित) सम्झौताको दफा ४ (३) मा ‘दुवै देशका अधिकार प्राप्त वा अनुमति प्राप्त विद्युत् उत्पादक/खरिदकर्ता वा विद्युत् व्यापारी सबैले समान ऊर्जा बजारमा भाग लिन पाउने’ उल्लेख छ ।
उक्त सम्झौताको मर्मविपरीत भारतको विद्युत् मन्त्रालयले सन् २०१६ को डिसेम्बर ५ मा जारी गरेको निर्देशिकामा भारतीय सरकारी उद्यम, शतप्रतिशत सेयर वा न्यूनतम ५१ प्रतिशत पुँजी भएको भारतीय कम्पनीले मात्र उत्पादन गरेको बिजुली उसको बजारमा प्रवेश पाउने उल्लेख छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












