भेनेजुएलाका राष्ट्रपतिमाथि अमेरिकामा प्रतिबन्ध, सबै सम्पत्ति फ्रिज
काठमाडौं, १७ साउन । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ । भेनेजुएलामा भएको विवादास्पद चुनावपछि अमेरिकाले मदुरो तानाशाह रहेको भन्दै उनीमाथि प्रतिबन्ध लगाएको समाचार एजेन्सीले जनाएका छन् । प्रतिबन्धपछि अमेरिकामा रहेको मदुरोको सबै सम्पत्ति फ्रिज भएको छ । यस्तै अब कुनै पनि अमेरिकी व्यवसायिक संस्था तथा व्यक्तिले मदुरोसँग कारोबार गर्न पाउने छैनन् ।
भेनेजुएलामा आइतबार विरोध प्रदर्शनकाबिच संविधानसभा चुनाव भएको थियो । प्रदर्शनको क्रममा कम्तिमा १० जनाको ज्यान गएको थियो । राष्ट्रपति मदुरोले आइतबारको चुनाव परिवर्तनका लागि रहेको र प्रतिबन्धले आफूलाई कुनै फरक नपर्ने बताएका छन् । सोमबार टेलिभिजन सम्बोधनको क्रममा मदुरोले अमेरिकाले आफूमाथि लगाएको प्रतिबन्धले डोनाल्ड ट्रम्पको घृणाको स्वरुप देखिएको बताए ।
भेनेजुएलाको नयाँ संविधानसभालाई संविधान पुनर्लेखन गर्ने अधिकार छ । यस्तै विपक्षीको नियन्त्रणमा रहेको राष्ट्रियसभालाई विघटनको घोषणा गर्ने अधिकार पनि संविधानसभासँग छ । आफूहरुले बहिष्कार गरेको संविधानसभा चुनावमा ८८ प्रतिशत मतदाता सहभागी नभएको विपक्षी गठबन्धनको दाबी छ । तर भेनेजुएलाको निर्वाचन आयोगले भने ४१.५ प्रतिशत मत खसेको दाबी गरेको छ । विपक्षी गठबन्धनले आफूहरुले संविधानसभालाई नमान्ने बताएका छन् ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












