देउवाले पञ्चेश्वर आयोजना कार्यान्वयनमा आउनेबारे आश्वस्त पारिरहेका बेला पानी विवाद
काठमाडौं, २३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली सन्धिको महत्त्वपूर्ण अवयव पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयन हुनेमा आश्वस्त पारिरहेका बेला नेपाल र भारतबीच महाकालीको पानीलाई लिएर पुनः विवाद चर्केको छ । यो विवादले पञ्चेश्वरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुनेमा आशंका बढेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
आगामी भदौ ५ गतेदेखि दुई दिन काठमाडौंमा हुने विज्ञहरुको टोली (टिम अफ एक्सपर्ट) को पहिलो बैठकमा नेपालले भारतले दाबी गर्दै आएका प्रस्तावलाई खण्डनसहित पुरानो अडान कायम राख्ने भएको हो ।
भारतले असार अन्तिम साता नेपाललाई डीपीआरबारे पत्राचार गर्दै तल्लो शारदाको पानीको हिसाब गर्न नपाइने र पञ्चेश्वरको माथिल्लो तटीय भागमा पर्ने पानीको परिमाण घटाई पञ्चेश्वर आयोजनाको विद्युत्त उत्पादन क्षमता ४८०० मेगावाट मात्रै हुने जनाएपछि नेपालले असन्तुष्टि व्यक्त गरेको उर्जा मन्त्रालयका एक अधिकारीले बताए ।
Comments
अरु समाचार
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











