देवी ज्ञवाली भन्छन्, ‘सर्वोच्च अदालत जाँदा भरतपुरमा चुनाव हारियो’

चितवन, २३ साउन । नेकपा एमालेले चितवनको भरतपुरमा चुनाव हार्नुको पछाडी सर्वोच्चको हात रहेको बताएको छ । एमाले चितवनले सोमबार पत्रकार सम्मेलन गर्दै सर्वोच्चमा जानु नै ठूलो गल्ती भएको ठहर गरेको हो । भरतपुर महानगरपालिकाको निर्वाचनको विषयमा सर्वोच्चमा जाँदा आफू पराजित भएको प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले बताए ।
ज्ञवालीले निर्वाचन आयोगले गरेको पुनः मतदानको निर्णय नमान्दा पराजित भएको उनले बताए । वडा नम्बर १९ को मतगणना चलिरहँदा मतगणनाको क्रममा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुन मतदानको निर्णय गरेको थियो । एमालेले त्यो निर्णयको विरुद्ध पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट हालेको थियो । सर्वोच्चको निर्णयमा ढिलाई हुँदा यो अवधिमा विपक्षीले तयारीको समय पाएकाले हार भएको ज्ञवालीले बताए । ’लम्ब्याउने कुरा उहाँहरुको सेटिङ रहेछ ज्ञवालीले भने‘ यो बीचमा उहाँहरुले चलखेल गर्ने मौका पाउनुभयो।‘
उनले आयोगको निर्णय मानेर सोझै चुनावमा गएको भए आफूले चुनाव जित्ने दावी गरे । महानगरपालिकाको प्रमुखमा ज्ञवालीलाई पराजित गर्दै माओवादी केन्द्रकी रेणु दाहाल विजयी भएकी हुन् । ज्ञवालीले मेयर पदमा आफू हारेपनि राजनीतिमा जितेको दावी गरे । नेकपा एमाले चितवनले राज्यसत्ताको दुरुपयोग गरेर आफ्ना उम्मेदवार हराएको आरोप लगाएको छ।
आफूहरुले निर्वाचन जित्ने भएपछि आर्थिक प्रलोभनमा पारेर षड्यन्त्र गरेको एमाले चितवनको आरोप छ । लोकतान्त्रिक प्रतिस्पर्धामा हारजित हुनु स्वभाविक भएपनि सत्तागठबन्धनले सत्ताको दुरुपयोग गरेर प्रमुख पदमा एमालेका उम्मेदवारलाई पराजित गरेको एमाले चितवनको आरोप छ ।
Comments
अरु समाचार
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...












