गोर्खाल्याण्ड आन्दोलनमा सघाएको आरोपमा भारतीय प्रहरीद्धारा नेपालीमाथि अत्याचार
काठमाडौं, २५ साउन । भारतीय प्रहरीले गोर्खाल्याण्ड आन्दोलनमा सघाएको आरोपमा १ नेपालीलाई पक्राउ गरेको छ । उपचार तथा अन्य कामको लागि भारत गएका दुई नेपालीलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दार्जिलिङमा जारी गोर्खाल्याण्ड आन्दोलनलाई सहयोग गरेको भन्दै भारतीय प्रहरीले इलामको सूर्योदय नगरपालिका १० निवासी २७ वर्षीय उदयहाङ फागो र एक भारतीय नागरिक नितेन क्षेत्रीलाई पक्राउ गरेको हो ।
आमाको उपचार गर्न सिलिगुढी पुगेका फागोलाई सिलिगुढी महानगरको प्रहरीले पक्राउ गरेको हो । बिरामी आमाको पेटको उपचार गराउन सिलिगुढीस्थित क्लिनिकमा पुगेका फागोलाई त्यहीँबाटै प्रहरीले पक्राउ गरेको हो । जुलाई २९ तारिखमा आन्दोलनका क्रममा दार्जीलिङको सुकुनामा भएको झडपमा सहभागी भएको आरोपमा उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गोर्खाल्याण्ड आन्दोलनमा सहभागी नभएका उनलार्इ विनाकारण पक्राउ गरेर भारतीय प्रहरीले अत्याचार गरेको उनकी दिदी साधना फागोले बताईन् । उनले तत्काल विनाशर्त भाईको रिहाईको माग समेत गरेकी छन् । उदयहाङलाई भेट्न गएका परिवारका सदस्यलाई सम्पर्क गर्न पनि नदिएको दाजु शरन फागोले बताए ।
पक्राउ परेका उदयहाङलार्इ नेपाली भएको प्रमाण पेश गर्न भनिएको छ। प्रहरीले उनीविरूद्ध मंगलबार पाँचवटा मुद्दा लगाएर अदालतमा पेश गरेको छ । उनलाई हतियार बोकेर सरकारी काम रोकेको, सरकारी सम्पति नष्ट गरेकोलगायतका मुद्दा लगाइएको छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












